News Category 2076/03/08
डाक्नेश्वरी र रुपनी फइनलमा भिड्ने
राजविराज÷राजबिराजमा जारि दोश्रो मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा डाक्नेश्वरी र रुपनीबीच हुने भएको छ ।
शनिबार सम्पन्न अन्तिम लिग खेलमा डाक्नेश्वरीले तिलाठीकोईलाडिलाई ३ रनले पराजित गर्दै फाईनल खेलमा स्थान सुरक्षित गरेको हो ।
तिलाठीकोईलाडी जाईन्टसले टस जिती पहिलो ब्याटिंङका लागि डाक्नेश्वरी राईडसलाई निम्तो दिएका थिए । ब्याटिङका लागि मैदानमा ओर्लेको डाक्नेश्वरीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा आप्mनो सम्पुर्ण बिकेट गुमाई १ सय २ रनमै समेटिएको थियो ।
डाक्नेश्वरीका लागि राहुल मण्डलले २५, चित्र बहादुर बिष्ट २०, रोबिन सिंह १३ तथा प्रेम तामांगले १० रनको योगदान दिएका थिए । डाक्नेश्वरीलाई सस्तोमा समेटन तिलाठी कोईलाडीका तर्फबाट कमल ओलीले ४ ओभरमा ९ रन दिई ४ बिकेट लिएका थिए भने बिकास दास र सुनिल धमलाले सामान २ बिकेट तथा रोहित सिंह र अनिल यादवले सामान १ बिकेट लिएका थिए ।
डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके ।
तिलाठी कोईलाडी जाईन्टसलाई सस्तोमा समेटन डाक्नेश्वरीका रोबिन सिंहले घातक बलिंग गर्दै ४ ओभरमा १९ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए भने राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिष्ट र दिपेश कंडेलले सामान १ विकेट लिएका थिए ।
राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनमा पबिमाबिको क्रिकेट मैदानमा संचालित सप्तरी प्रिमियर लिग सिजन २ को फाइनल खेल आइतबार दिउँसो १२ बजे मेहबुब आलम कप्तानको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन बीच खेलिनेछ । लिगको विजेताले २ लाख तथा उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ