News Category 2070/10/28
जिल्लाको बेथिती हटाउन प्रतिबद्ध छु ः प्रजिअ यादव
दैनिक संवाददाता
राजविराज, २७ माघ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामअधिन यादवले सञ्चारकर्मीसँग सहकार्य गरेर ‘‘सरकारी पैसा टेबुल माथिबाट र तरकारीको पैसा टेबुल तलबाट लिने” प्रबृतिलाई अन्त्य गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
केही दिनअघि मात्र सरुवा भएर आएपछि सोमवार पहिलो पटक पत्रकारहरुसँगको भेटघाटको क्रममा प्रजिअ यादवले जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुमा कर्मचारीहरु तलब पनि बुझ्ने र घुस पनि लिने प्रबृति बढेको प्रति इंकित गर्दै त्यसलाई हटाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
जिल्लामा रहेको बेथिती हटाउन र बिभिन्न निकायमा हुदै आएको भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको बताउँदै प्रजिअ यादवले जिल्लाको बेथितीहरु हटाउनका लागि आवश्यक सहयोग गर्न सञ्चारकर्मीहरुसँग आग्रह गर्नुभयो ।
जिल्लामा आउने रकम मध्ये सबैभन्दा बढी स्थानिय निकायमा आउने गरेपनि सही ढंगले सदुपयोग नभएको गुनासो आउने गरेकाले त्यसबारे आवश्यक निगरानी गरिरहेको बताउँदै प्रजिअ यादवले गाविस कार्यालयमा बसेर काम गर्न गाविस सचिवहरुलाई निर्देशन गरिसकेको बताउनुभयो ।
प्रजिअ निवासीमा भएको भेटघाट कार्यक्रममा बिभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ