News Category 2076/03/16
पहिलो सप्तरी महिला प्रिमियर लिगको उपाधि सुरुङ्गाले जित्यो

दैनिक समाचारदाता
राजविराज, १६ असार ।
राजविराजमा संचालित पहिलो सप्तरी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी सुरुङ्गा नगरपालिकाले हात पारेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा रुविना क्षेत्रि र अफसरी बेगमको उत्कृष्ट प्रदर्शनका कारण सुरुङ्गा नगरपालिकाले खडक नगरपालिकालाई १० बिकेटको अन्तरले पराजित गर्दै पहिलो लिगको उपाधि हात पारेको हो ।
बिजेता टोलीले ५१ हजार नगदसहित ट्रफि तथा उपबिजेता टोलीले ३१ हजार नगदसहित ट्रफि तथा प्रमाण पत्र पाएका छन् ।
फाईनल खेलमा खडक नगरपालिकाले टस जिती ब्याटिंङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १ बिकेटको नोक्सानीमा १ सय ४ रन बनाएको थियो । खडकका लागि रश्मी शर्माले उत्कृष्ट पारि खेल्दै ६२ बलमा ५ चौक्काको मद्धतले ५० रनको योगदान दिएका थिए भने काजल श्रेष्ठ २० र सरस्वती चौधरीले अविजित रहि १७ रनको योगदान दिएका थिए । यता बलिङ तर्फ सुरुङ्गाका लागि एक मात्र बिकेट संगिता राईले लिएकी थिइन् ।
१ सय ५ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले १५ ओभर ४ बलमै उक्त लक्ष्य भेटाएका थिए । सुरुङ्गाका लागि कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिंग गर्दै ५२ बलमा ७ चौक्का र १ छक्काको मद्धतले (अबिजित) रहि ६३ रन तथा अफसरी बेगमले ४२ बलमा ४ चौक्काको मद्धतले ३६ रनको योगदान दिइन् । खेलको प्लेयर अफ द म्याच सुरुङ्गाका तर्फबाट उत्कृष्ट ब्याटिंग गर्ने कप्तान रुविना क्षेत्री भइन् ।
सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा संचालित प्रतियोगितामा तीन टोलिको सहभागिता रहेको थियो ।
खेल सम्पन्न पश्चात् सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा सुरुङ्गा नगरपालिकाका उपमेयर बिन्दा पासवान, सेभ द चिल्ड्रेनका रचना थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, सचिव चन्दन यादव, पुर्व प्रशिक्षक राजकुमार दास, अम्पाएर संघका अध्यक्ष निरज सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गर्ने ईमरजिंग प्लेयर अन्तरगत खडकका माधवी चौधरीलाई नगद ५ हजार, बेष्ट व्याट्सम्यान सुरुङ्गाका रुविना क्षेत्रिलाई ५ हजार, बेष्ट बलर खडकका कविता गौतमलाई ५ हजार तथा म्यान अफ द सेरिज सुरुङ्गका अफसरी बेगमलाई १५ हजार नगद सहित ट्रफि तथा प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।
सोही समारोहमा नेपाली महिला क्रिकेट टोलिका कप्तान समेत रहेकी रुविना क्षेत्रिलाई नेपाली महिला क्रिकेट क्षेत्रमा पु¥याएको अतुल्निय योगदानको कदर गर्दै सप्तरी क्रिकेट संघका तर्फबाट सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ