News Category 2070/10/29
मालपोतद्वारा ६ महिनाको अवधिमा २ करोड भन्दा बढी राजस्व संकलन
दैनिक संवाददाता
राजविराज, २८ माघ ।
चालु आर्थिक बर्ष २०७०÷०७१ को ६ महिनाको अबधिमा जिल्ला मालपोत कार्यालय सप्तरीले दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
चालु आर्थिक बर्ष २०७०÷०७१ मा रु. ४ करोड ३६ लाख ८० हजार राजस्व संकलन गर्न लक्ष्य लिएकोमा चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्ममा २ करोड ७४ लाख ८३ हजार २ सय ३७ रुपैयाँ राजस्व संकलन भइसकेको जिल्ला मातपोत कार्यालय सप्तरीका प्रमुख अर्जुन निरौलाले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको ६ महिनाको अबधिमा ११ हजार ५ सय ५० लिखत पारित भएको छ । जसमा ग्रामिण जग्गा १० हजार ९ सय ६१ र सदरमुकाम राजविराजको मात्र ५ सय ८९ लिखत पारित भएकोमा ५ हजार ५ सय ४० ग्रामिण र २ सय ९२ शहरी जग्गा महिला, दलित, जनजाती, शहिद परिवार र जेष्ठ नागरिकको नाममा जग्गा रजिष्ट्रेशन पास भएको मालपोत प्रमुख निरौलाले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको सो अबधिमा लिखत पास मध्ये महिला, दलित, जनजाती, शहिद परिवार, आपाङ, जेष्ठ नागरिकले ६१ लाख ८५ हजार ४ सय ३४ रुपैयाँ छुट पाएको मालपोत कार्यालय सप्तरीको तथ्याकले देखाएको छ ।
जग्गा रजिष्ट्रेशनको लागि अनुकुल समय नमानिएको साउनदेखि पुस सम्म मात्र लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भईसकेकोले जग्गा रजिष्ट्रेशनको लागि अनुकुल समय मानिएको माघदेखि असार मसान्तसम्मको अबधिमा लक्ष्य भन्दा बढी दोब्बर राजस्व संकलन हुन सक्ने प्रमुख निरौलाको अनुमान छ ।
अघिल्लो आर्थिक बर्ष २०६९÷०७० मा चार करोड ३३ लाख ६७ रुपैयाँ रजस्व संकलन गर्ने लक्ष्य लिएको जिल्ला मालपोत कार्यालय सप्तरीले ६ करोड २४ लाख ९१ हजार ३ सय ५३ रुपेयाँ राजस्व संकलन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ