News Category 2070/10/29
मालपोतद्वारा ६ महिनाको अवधिमा २ करोड भन्दा बढी राजस्व संकलन
दैनिक संवाददाता
राजविराज, २८ माघ ।
चालु आर्थिक बर्ष २०७०÷०७१ को ६ महिनाको अबधिमा जिल्ला मालपोत कार्यालय सप्तरीले दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
चालु आर्थिक बर्ष २०७०÷०७१ मा रु. ४ करोड ३६ लाख ८० हजार राजस्व संकलन गर्न लक्ष्य लिएकोमा चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्ममा २ करोड ७४ लाख ८३ हजार २ सय ३७ रुपैयाँ राजस्व संकलन भइसकेको जिल्ला मातपोत कार्यालय सप्तरीका प्रमुख अर्जुन निरौलाले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको ६ महिनाको अबधिमा ११ हजार ५ सय ५० लिखत पारित भएको छ । जसमा ग्रामिण जग्गा १० हजार ९ सय ६१ र सदरमुकाम राजविराजको मात्र ५ सय ८९ लिखत पारित भएकोमा ५ हजार ५ सय ४० ग्रामिण र २ सय ९२ शहरी जग्गा महिला, दलित, जनजाती, शहिद परिवार र जेष्ठ नागरिकको नाममा जग्गा रजिष्ट्रेशन पास भएको मालपोत प्रमुख निरौलाले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको सो अबधिमा लिखत पास मध्ये महिला, दलित, जनजाती, शहिद परिवार, आपाङ, जेष्ठ नागरिकले ६१ लाख ८५ हजार ४ सय ३४ रुपैयाँ छुट पाएको मालपोत कार्यालय सप्तरीको तथ्याकले देखाएको छ ।
जग्गा रजिष्ट्रेशनको लागि अनुकुल समय नमानिएको साउनदेखि पुस सम्म मात्र लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन भईसकेकोले जग्गा रजिष्ट्रेशनको लागि अनुकुल समय मानिएको माघदेखि असार मसान्तसम्मको अबधिमा लक्ष्य भन्दा बढी दोब्बर राजस्व संकलन हुन सक्ने प्रमुख निरौलाको अनुमान छ ।
अघिल्लो आर्थिक बर्ष २०६९÷०७० मा चार करोड ३३ लाख ६७ रुपैयाँ रजस्व संकलन गर्ने लक्ष्य लिएको जिल्ला मालपोत कार्यालय सप्तरीले ६ करोड २४ लाख ९१ हजार ३ सय ५३ रुपेयाँ राजस्व संकलन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ