News Category 2076/03/21
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल

बिराटनगर÷बिराटनगरस्थित मेरिल्याण्ड कलेज मुलुकभरका ४ हजार ३ सय ८० भन्दा बढी प्लस टु कलेज मध्ये नेपालको उत्कृष्ट टप ५ मा पर्न सफल भएको छ ।
मेरिल्याण्ड कलेजले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा उत्कृष्ट टप ५ मा पर्न सफल भएको कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले जानकारी दिएका छन् ।
सो पत्रकार सम्मेलनमा अध्यक्ष ढुङ्गेलले प्रदेश नम्बर एकको राजधानी विराटनगर अब शैक्षिक हवको रुपमा परिणत हुन थालेको बताए ।
कलेजको स्थापना सालदेखि नै व्यवस्थापन शिक्षामा निरन्तर अध्यापन गराउदै आएको कलेजका प्रवन्धक निर्देशक भेषराज पोखरेलले जानकारी दिदै वि.स २०५९ सालदेखि व्यावस्थापन संकायका १५ वटा ब्याचबाट आउट भईसकेको बताए ।
स्थापना भएको सालदेखि कलेजमा सात जनाले लगानी गर्दै कलेजलाई अगाडी बढाउदै आएको मेरिल्याण्ड १६ वर्ष पुगेर १७ वर्षमा पुग्दा अहिले सम्म ७ जना लगानीकर्ताहरु एउटै छाना मुनि रहेका छन् । सो कलेजको अध्यक्षमा गुणराज ढुङ्गेल, उपाध्यक्ष्यमा पि.के झा, प्रवन्धक निर्देशकमा भेषराज पोखरेल, प्रिन्सीपल लक्ष्मण ढकाल, निर्देशकहरुमा मनोज गुप्ता, प्रदिप भगत र नन्दकिशोर अग्रवाल रहेका छन् ।
कान्तिपुर साप्ताहिक कलेजले हरेक वर्ष नेपालका कलेजहरुको बारेमा अध्ययन तथा अनुसन्धान गरी उत्कृष्ट टप १० छान्ने गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ