News Category 2070/11/02
सप्तरी प्रहरीद्वारा “नागरिकको घरमा प्रहरी” अभियान शुरु
दैनिक संवाददाता
राजविराज, १ फागुन ।
चोरी, गुण्डागर्दी र अश्लिल क्रियाकलपा नियन्त्रण गर्दै सप्तरीलाई सुरक्षित र बिकृति मुक्त बनाउन जिल्ला प्रहरी कार्यालयले बिहीवारदेखि ‘‘नागरिकको घरमा प्रहरी” अभियान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीवार पत्रकार सम्मेलन गरी अभियान बारे जानकारी दिइएको छ । अभियान अन्तर्गत छुट्टै पोशाकमा खटिने प्रहरी टोलीले गाउँ, टोलमा, बस्ती, घरघरमा पुगेर नागरिकहरुले भोग्नु परेको समस्या, अपराधिक गतिबिधी, चोरी, लागु औषध दुव्र्यसन, युवा बिकृति, महिला हिसां, सवारी दुर्घटना र समाजिक बिकृतिका बिषयमा जानकारी लिने सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
नागरिक समाज, , नगरपालिका, गाविस, सामुदायिक प्रहरी सेवा केन्द्र र अन्य गैर सरकारी संस्थाहरुको सहकार्यमा शुरु गरिएको अभियान अन्तर्गत पहिलो चरणमा नगर क्षेत्रभित्र ३० जना प्रहरीलाई खटाइएको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो ।
उहाँका अनुसार २४ सै घण्टा खटिने टोलीले लागु औषध, महिला हिंसा, मादक पदार्थ सेवन, बिना हेलमेट मोटरसाईकल चलाउने, फेसबुक तथा एसएमएस मार्फत अश्लिल चित्र अदान प्रदान, गलत प्रकारको माया प्रेम जस्ता बिकृतिहरुलाई नियन्त्रण गर्न कदम चाल्ने छ ,
अभियानका क्रममा फोहोर मैला सरसफाई, मठ मन्दीरर, मस्जिद संरक्षण, पोखरी, पार्क आदी स्थानमा जथाभावी दिशा पिसाब गर्ने कार्यलाई नियन्त्रण गर्ने कार्य गर्नुको साथै सवारी साधन पार्किङ व्यवस्थापन, दुर्घटना न्युनिकरण र ट्राफिक सम्बन्धि जनचेतना जगाउने कार्यक्रम रहेको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ