News Category 2070/11/02
सप्तरी प्रहरीद्वारा “नागरिकको घरमा प्रहरी” अभियान शुरु
दैनिक संवाददाता
राजविराज, १ फागुन ।
चोरी, गुण्डागर्दी र अश्लिल क्रियाकलपा नियन्त्रण गर्दै सप्तरीलाई सुरक्षित र बिकृति मुक्त बनाउन जिल्ला प्रहरी कार्यालयले बिहीवारदेखि ‘‘नागरिकको घरमा प्रहरी” अभियान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीवार पत्रकार सम्मेलन गरी अभियान बारे जानकारी दिइएको छ । अभियान अन्तर्गत छुट्टै पोशाकमा खटिने प्रहरी टोलीले गाउँ, टोलमा, बस्ती, घरघरमा पुगेर नागरिकहरुले भोग्नु परेको समस्या, अपराधिक गतिबिधी, चोरी, लागु औषध दुव्र्यसन, युवा बिकृति, महिला हिसां, सवारी दुर्घटना र समाजिक बिकृतिका बिषयमा जानकारी लिने सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
नागरिक समाज, , नगरपालिका, गाविस, सामुदायिक प्रहरी सेवा केन्द्र र अन्य गैर सरकारी संस्थाहरुको सहकार्यमा शुरु गरिएको अभियान अन्तर्गत पहिलो चरणमा नगर क्षेत्रभित्र ३० जना प्रहरीलाई खटाइएको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो ।
उहाँका अनुसार २४ सै घण्टा खटिने टोलीले लागु औषध, महिला हिंसा, मादक पदार्थ सेवन, बिना हेलमेट मोटरसाईकल चलाउने, फेसबुक तथा एसएमएस मार्फत अश्लिल चित्र अदान प्रदान, गलत प्रकारको माया प्रेम जस्ता बिकृतिहरुलाई नियन्त्रण गर्न कदम चाल्ने छ ,
अभियानका क्रममा फोहोर मैला सरसफाई, मठ मन्दीरर, मस्जिद संरक्षण, पोखरी, पार्क आदी स्थानमा जथाभावी दिशा पिसाब गर्ने कार्यलाई नियन्त्रण गर्ने कार्य गर्नुको साथै सवारी साधन पार्किङ व्यवस्थापन, दुर्घटना न्युनिकरण र ट्राफिक सम्बन्धि जनचेतना जगाउने कार्यक्रम रहेको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ