News Category 2076/03/31
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
दैनिक समाचारदाता
काठमाडांै, ३१ असार ।
प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्न गइरहेको छ ।
अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गर्न प्रेस काउन्सील नेपालको वेवसाइटमार्फत सूचना प्रकाशित गरेको छ ।
जारि सूचनामा अब उप्रान्त पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (PDF File) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुने जनाइएको छ ।
जारि गरिएको सूचनामा भनिएको छ, “आ.व. २०७६÷७७ को साउनदेखि प्रकाशन भएका पत्रपत्रिकाहरू अनिवार्यरूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।”
अनलाइन हाजिरी प्रणालीका लागि http://newspapers. presscouncilnepal.org मा क्लिक र लग अन गरेर सिष्टम भित्र गई पहिलो पटक सिष्टम प्रयोगकर्ता रजिष्ट्रेशन (User Registration_) गर्नुपर्ने जानकारी दिइएको छ ।
साथ्ै सूचनामा आ.व. २०७५।७६ को असारसम्मका पत्रपत्रिकाहरू २०७६ साउन १५ गतेभित्र अनिवार्यरूपमा काउन्सिल सचिवालयमा अभिलेख गराउन समेत सूचित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ