News Category 2076/03/31
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
दैनिक समाचारदाता
काठमाडांै, ३१ असार ।
प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्न गइरहेको छ ।
अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गर्न प्रेस काउन्सील नेपालको वेवसाइटमार्फत सूचना प्रकाशित गरेको छ ।
जारि सूचनामा अब उप्रान्त पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (PDF File) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुने जनाइएको छ ।
जारि गरिएको सूचनामा भनिएको छ, “आ.व. २०७६÷७७ को साउनदेखि प्रकाशन भएका पत्रपत्रिकाहरू अनिवार्यरूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।”
अनलाइन हाजिरी प्रणालीका लागि http://newspapers. presscouncilnepal.org मा क्लिक र लग अन गरेर सिष्टम भित्र गई पहिलो पटक सिष्टम प्रयोगकर्ता रजिष्ट्रेशन (User Registration_) गर्नुपर्ने जानकारी दिइएको छ ।
साथ्ै सूचनामा आ.व. २०७५।७६ को असारसम्मका पत्रपत्रिकाहरू २०७६ साउन १५ गतेभित्र अनिवार्यरूपमा काउन्सिल सचिवालयमा अभिलेख गराउन समेत सूचित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ