News Category 2070/11/04
जिल्लाको विकास निर्माणका लागि सप्तरीका सभासद्हरु एकजुट
राजविराज÷सप्तरीका सभासदहरुको काठमाडौंमा बसेको संयुक्त बैठकले जिल्लाको विकास निर्माण लगायतका सन्दर्भमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
सप्तरी क्षेत्र नम्वर ६ का सभासद् सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले चालु आर्थिक वर्ष २०७०÷०७१ को योजना तथा आर्थिक वर्ष २०७१÷०७२ का ठूला योजनाहरुको प्राथमिकीकरण गर्नुका साथै स्वास्थ्य, शिक्षा, सिंचाइ, विकास निर्माण लगायतका महत्वपूर्ण योजनाहरु सञ्चालनका लागि विशेष बजेटको माग गर्दै प्रधानमन्त्री कोइरालालाई सामूहिक ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।
जिल्लाका सरकारी कार्यालयहरुमा सर्वसाधारण जनतालाई छिट्टो छरितो एवम् सर्व सुलभ सेवा प्रदान गर्न, कार्यालयहरुलाई भ्रष्टाचारमुक्त बनाई अनियमितता हटाउनका लागि सभासद्हरुले कार्यालयहरुको बजेट तथा गतिविधिहरु प्रति चासो लिनुका साथै अनुगमन निरीक्षण गर्ने समेत निर्णय भएको सभासद् सरेन्द्र यादवले जानकारी दिनुभयो ।
राजविराज विमानस्थल र औद्योगिक क्षेत्र सञ्चालनका लागि तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय, जिल्लामा पर्यटन, सिंचाइ, कृषि, स्वास्थ्य, शिक्षा यातायात लगायतका क्षेत्रहरुको योजनाहरुको खाका तयार गरी सम्बन्धित मन्त्रालयहरुमा पेश गर्नुका साथै पहल गर्ने निर्णय भएको उहँँको भनाई छ ।
सप्तरीका कार्यालय प्रमुख तथा गाविस सचिवहरु बिच भएको सम्झौता तत्काल कार्यान्वयन गर्न–गराउन सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
सभासद्हरुको संयुक्त बैठकमा सभासद् सुरेन्द्र प्रसाद यादव, उमेश कुमार यादव, तेजुलाल चौधरी, मानपुर चौधरी, गङ्गा प्रसाद यादव, लक्ष्मी कुमारी चौधरीलगायतका सभासद्हरुको उपस्थिती रहेको थियो । अर्को बैठक बोलाउने जिम्मा लक्ष्मी कुमारी चौधरीलाई दिइएको सभासद् यादवले जानकारी दिनुभएको छ ।
यसअघि एकीकृत नेकपा माओवादी व्यवस्थापिकका संसदीय दलको कार्यालय सिंहदरबारमा मङ्गलवार बसेको बैठकमा प्रत्यक्ष तथा समानुपातिकतर्फका सभासद्हरुले जिल्लाको समग्र विकासका लागि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सो बैठकमा सभासद्हरु उमेश कुमार यादव, मानपुर चौधरी, सत्यनारायण मण्डल, तेजुलाल चौधरी, सुरेन्द्र प्रसाद यादव, जितेन्द्र नारायण देव, डा. सुबोध पोखरेल, रमणी देवी राम, लक्ष्मी कुमारी चौधरी र गङ्गा प्रसाद यादवको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागी हुनका लागि बोलाइए पनि सभासद् ताराकान्त चौधरी, रञ्जु ठाकुर र मिथिला चौधरी भने राजधानी बाहिर रहेका कारण उपस्थित हुन सकेनन् । यसैगरी सभासद् राम कार्की र रञ्जित कर्णसँग सम्पर्क हुन नसकेको श्रोत जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ