News Category 2070/03/09
काठ तस्करी प्रकरण रेञ्जर दिनेश यादवलाई क्षेत्रिय कार्यालय झिकाइयो
राजविराज÷सप्तरीको रुपनगर गाविसमा कर्मचारीहरुकै मिलोमतोमा राष्ट्रिय वनबाट कटन गरी लुकाएर राखिएको काठ प्रसङ्गमा रुपनगर रेञ्जपोष्टका रेञ्जर दिनेश यादवलाई क्षेत्रिय कार्यालय तानिएको छ ।
रुपनगर गाविस वडा नम्बर ६ स्थितको बाँसघारीका साथै सोही वडाको अन्य ठाउँमा खाल्डो खनेर तथा झाडीमा लुकाएर राखिएको एक सय २४ क्यूबिक फिट काठ फेला परेको थियो । मंगलबार र बुधबार फेला परेको उक्त काठ १७ थान रहेको छ ।
राष्ट्रिय वनबाट काठ तस्करी गर्नेमा रुपनगर रेञ्जपोष्टका रेञ्जर यादवको संलग्नता भएको भन्दै वनको क्षेत्रिय कार्यालयले उनलाई त्यहाँ तानेको हो । अन्य कर्मचारीहरुको पनि संलग्नता हुन सक्ने बताउँदै जिल्ला वन कार्यालयले अनुसन्धान भइरहेको जनाएको छ ।
रेञ्जपोष्ट तथा इलाका वन कार्यालयका कर्मचारीहरुको मिलोमतोमा वन क्षेत्रबाट काठ ल्याइएको र उनीहरुबीच लेनदेनको कुरा नमिल्दा काठ बरामद भएको हो । काठ घाटगद्दी गर्न लाग्दा कर्मचारीहरुबीच लेनदेनको बिषयमा कुरा नमिल्दा लुकाइएको काठ बाहिर आएको हो ।
रुपनगर गाविस ६ स्थित बाँसघारीबाट ११ थान, खाल्डोमा गाडिएको २ थान र घाँसपातको झारीमा लुकाएर राखिएको चार थान गोलिया काठ मंगलबार तथा बुधबारमा फेला पारिएको हो । काठ फेला परेपनि कर्मचारी तथा समितिका पदाधिकारीहरुले यो कुरालाई लुकाएर बाहिर आउन नदिने प्रयासमा भएपनि केहि स्थानीयहरुले समेत सुइँको पाएपछि अहिले यो काठलाई इलाका वन कार्यालय कंचनपुरमा राखिएको छ ।
काठ काटेको बिषयको अनुसन्धान गर्ने जिम्मा इलाका वन कार्यालयका अधिकृत रामप्रसाद राम र शम्भुनाथ रेञ्जपोष्टका रेञ्जर चतुरनारायण साहलाई दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ