News Category 2070/11/05
फोरम सप्तरीको विवाद चरम बिन्दुमा
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
मधेसी जनअधिकार फोरम नेपाल सप्तरीमा पुनः एकपटक विवाद चरम बिन्दुमा पुगेको छ । सो विवाद जिल्ला अध्यक्ष युसुफ अलीको राजीनामा स्वीकृत गरिएपछि उत्पन्न भएको हो ।
अध्यक्ष अलीको राजीनामा फोरम नेपालका महासचिव रामसहाय यादवले स्वीकृत गरेको र पार्टीको हकहितमा कामकाज गर्नु भनी उल्लेखित पत्र जिल्ला समितिलाई बोधार्थ पठाएपछि उपाध्यक्ष दिनेशकुमार यादव अध्यक्ष चयन भएपछि विवाद बढेको हो ।
फोरमका जिल्ला सहसचिव उपेन्द्र साहले आइतबार पत्रकार सम्मेलन गरी केन्द्रीय समितिले अध्यक्ष अलीको मात्र राजीनामा स्वीकृत गरेकोमा आफूहरु आश्चर्यचकित भएको बताउनुभयो ।
उहाँले अध्यक्षसँगै क्षेत्र नम्बर १ देखि ५ का अध्यक्षहरु क्रमशः परशुराम यादव, सिताराम महतो, नवनीत झा, अमरनाथ यादव र मो. ऐयुब राइन, किसान फोरमका जिल्ला अध्यक्ष श्रीप्रसाद भगत, विद्यार्थी फोरमका अध्यक्ष तारकेश्वर यादव, बुद्धिजीवि फोरमका अध्यक्ष श्यामनारायण साह, शिक्षक फोरमका जिल्ला सचिव धनीलाल साह, नगर समितिका सचिव खेलानन्द यादव, मुस्लिम फोरमका साबिर खान तथा जिल्ला समितिका सह सचिव उपेन्द्र साहसहित १५ जना गरी ८५ जनाले सामुहिक राजीनामा दिएको जानकारी दिनुभयो ।
यता अध्यक्षको राजीनामा स्वीकृत गरिएपछि उपाध्यक्ष दिनेशकुमार यादवले फागुन २ गते बोलाएको बैठकमा ८ जना मात्र उपस्थित भएपछि पुनः फागनु ३ गते कोरम नै नपुगेको बैठकबाट आफूलाई अध्यक्षमा चयन गरेको निर्णय गरेको सहसचिव साहले आरोप लगाउनुभयो ।
अध्यक्षले राजीनामा दिएपछि उपाध्यक्षले स्वतः कामकाज गर्नुपर्ने पार्टीको विद्यानमा उल्लेख रहेपनि अध्यक्ष विद्यान विपरित घोषणा गरिएको सहसचिव साहले भन्नुभयो ।
सो पत्रकार सम्मेलनमा जिल्ला सदस्यहरु दुर्गाप्रसाद साह, रामकृष्ण मुखिया, सुनिता साह, ३ नम्बर क्षेत्रीय अध्यक्ष नवनीत झा, नगर समितिका सचिव खेलानन्द यादवसहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ