News Category 2076/04/09
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा
दैनिक समाचारदाता
जनकपुरधाम, ९ साउन ।
जनकपुरधाममा शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखाको बिहीबार शुभारम्भ भएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सो शाखाको औपचारिक शुभारम्भ गरेका हुन् ।
माघ २७ गते देखी जनकपुर अंचल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको उपप्रधानमन्त्री यादवले औपचारिक उद्घाटन गरेका हुन् ।
उपप्रधानमन्त्री यादवले सबै भन्दा बढी हृदय रोगी रहेको प्रदेश २ मा जनकपुर शाखाको स्थापनाले रोगीहरुको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको उल्लेख गर्दै उनले अगामी दिनमा यस शाखाको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्न आग्रह समेत गरे ।
उनले प्रदेश नं २ मा हृदय, मिर्गौला, मधुमेहलगायतका नसर्ने बिरामी अन्य प्रदेशको दाँजोमा धेरै देखिएकाले खानपान र आचरण सुधारका लागि जनचेतना अभिवृद्धिको अभियान सञ्चालनको आवश्यकतामा जोड दिए । उपप्रधानमन्त्री यादवले प्रदेश नं २ का मुटुरोगीहरूको सङ्ख्यालाई दृष्टिगत गर्दै शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरधाममा स्थापना गरिएको उल्लेख गरे ।
प्रदेश नं २ मा क्यान्सर रोगको उपचारका लागि अस्पताल निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको र अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले प्रारम्भमा भरतपुर क्यान्सरको सहयोगमा यस प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन हुने जानकारी दिए ।
यस्उपप्रधानमन्त्री यादवले जनकपुरलाई नमूना अस्पताल बनाउनुका साथै राजविराज र विरंगजमा समेत विशिष्ट सेवा सहितका अस्पतालमा परिणत गर्नु पर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री लालबाबु राउतले हृदयकेन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हृदयकेन्द्रको लागि प्रदेशको क्षमता अनुसार आवश्यक रकमको व्यवस्था समेत गरि सकेको जानकारी दिए ।
मुख्यमन्त्री राउतले जनकपुरमा अस्पतालमा भौतिक संरचनामा मात्र नभई विशिष्ट सेवाका लागि आवश्यक उपकरण र चिकित्सकको व्यवस्था समेत गर्ने तैयारी प्रदेश सरकारले गरि सकेको र सोही अनुसार कार्य समेत अघि बढाई सकेको बताए ।
शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, जनकपुधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जनकपुर अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा. प्रमोद यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, आर्थिक मामिला मन्त्री विजय यादव, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, कृषि राज्यमन्त्री योगेन्द्र यादव सहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ