News Category 2076/04/11
भारत र नेपालका प्रमले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाईनको उद्घाटन गर्ने
दैनिक समाचारदाता
काठमाडौं, १० साउन ।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपि शर्मा ओलीले आ–आफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे कार्यक्रम रहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिएको हो ।
पाइपलाइनको उद्घाटन अगाबै सुरक्षा र जाँचपासको यथोचित व्यवस्था छिटो सकाउन भारतीय पक्षले गरेको आग्रहपछि वाणिज्य मन्त्रालयले विभिन्न मन्त्रालयलाई समन्वयको लागि पत्र लेखेको छ ।
पाइपलाइनको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पत्र पठाइएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताईन् ।
यसैगरी अन्य आवश्यक तयारी गर्न गुणस्तर तथा नाप तौल विभाग र नेपाल आयल निगमलाई पत्र पठाईएको उनले जानकारी दिइन् । उता भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाईपलाईन सुरक्षा प्रबन्ध सुरु गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट सुरक्षा जाँचपासका साथै पेट्रोलियम पाईपलाईन सञ्चालनको सहमति प्राप्त गरिसकेको दूतावासको भनाइ छ ।
भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनको साउन २ गते सफल परिक्षण सम्पन्न भएको थियो ।
पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ