News Category 2076/04/14
बाढी आएपछि राहत बारे होइन् की नियन्त्रण गर्ने बारे सोचौं
प्रकृतिको नियम हो पानी पर्ने, गर्मी हुने, हावाहुरी आउने, जाडो हुने । प्रकृतिको नियमलाई कसैले फेरबदल गर्न सक्दैन् । तर, प्रकृतीको नियमलाई फेरबदल गर्न नसकेपनि त्यसलाई न्यूनिकरण तथा सक्दो नियन्त्रण गर्न अहिलेको आधुनिक युगमा विभिन्न उपायहरु प्रर्याप्त छन् । प्रकृतीको नियमलाई फेर्न नसकिएपनि प्राकृतिक विपद्बाट उत्पन्न अवस्थालाई न्युनिकरण र नियन्त्रण गर्न सकिन्छ । हरेक वर्ष सप्तरीमा बाढीबाट ठूलो क्षति हुने गरेको छ । जिल्लाका विभिन्न नदी तथा खोलामा आउने बाढीको पानी घर घरमा पस्नाले आर्थिक तथा भौतिक क्षति हुने गरेको छ । बाढी आएपछि सम्बन्धीत निकाय तात्ने र राहतका लागि विभिन्न दातृ निकायको मुख ताक्ने बानी वर्षौदेखी चलिआएको छ ।
यसरी विपद् आएपछि मात्र सम्बन्धीत निकाय तात्ने बानीले पीडितहरुलाई झनै पीडित बनाउने गर्दछ । कीन भने पानी परेपछि बाढी आउने सबैलाई थाहा हुँदा हुँदै पनि त्यसको नियन्त्रण तथा क्षति हुन नदिन ध्यान पुग्दैन् । मात्र विपद् आइसकेपछि राहत कहाँबाट कसरी आउने बारे छलफल गरिन्छ । यस्तो परिस्थितिमा कुनै निकाय गम्भिर भएको समेत देखिदैन् ।
अविरल वर्षा भएपछि खोलानालाको सतह भन्दा माथीबाट पानीको बहाव हुन थाल्छ अनि पानी मानवबस्तीमा पस्ने गर्दछ । बाढी आउने कारण के हो ? यो नबुझिकन बाढी आएपछि राहत बितरण कसरी गर्नेप्रति बढी नै ध्यान केन्द्रित हुने गरेको पाइएको छ । तसर्थ बाढी नियन्त्रण तथा खोला नालाको अवस्था बारे विपद् पूर्व नै तयारी गर्नु आवश्यक रहेको छ । विभिन्न नदी, खोला नालामा वर्षाको पानी बग्ने अवस्था बारे अध्ययन गरि आवश्यक तयारी तथा तटबन्ध कमजोर भएको स्थानमा समेत मर्मत गरेर पनि त्यस्ता प्रकृतिक विपद्बाट हुने क्षतिलाई न्यूनिकरण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान पुग्नु अति आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ