News Category 2070/11/05
बैध सुपारीलाई अबैध भनेर प्रहरीले पक्राउ गरेको भन्दै व्यापारीहरु आक्रोसित
दैनिक संवाददाता
राजविराज, ५ फागुन ।
बैध सुपारीलाई प्रहरीले अबैध भनेर पक्राउ गरेको भन्दै व्यापारीहरु आक्रोशित बनेका छन् ।
राजमार्गबाट पक्राउ गरिएको सुपारीलाई भारतीय सिमावर्ती क्षेत्रबाट बरामद गरिएको भन्दै प्रहरीले नियन्त्रणमा लिई अनावश्यक दुःख दिएको व्यापारीहरुले राजविराजमा सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
सप्तरीको नर्घाेस्थित राजदेवी सप्लायर्सका संचालक ज्ञानेन्द्र प्रसाद यादवले भ्याट बिलसहित बिरगंजबाट ना. २ ख. ३३११ नम्बरको ट्रकमा १० टन सुपारी ल्याईरहेका बेला प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कठौना बजारबाट शनिवार राती नियन्त्रणमा लिएको आरोप लगाउनुभयो ।
ट्रकका चालकले सम्पूर्ण कागजात देखाउँदा समेत प्रहरीले कठौनाबाट ट्रकका चालकलाई निर्घात कुटपिट गरि जवर्जस्ती सुपारी बोकेको ट्रक जिल्ला प्रहरी कार्यालय सप्तरी पु¥याएको यादवको आरोप छ ।
सम्पुर्ण कागजात आफुहरुसँग हुदाँहुँदै समेत प्रहरीले ट्रकसहित सुपारी कार्वाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाएको नर्घाे ५ का व्यापारी अशोक कुमार यादवले बताउनुभयो । प्रहरीले बैध समानलाई अबैध भनेर कार्वाहीका लागि भन्सारमा बुझाएको भने बारेमा सप्तरी उद्योग बाणिज्य संघलाई जानकारी गराईसकेको उहाँहरुको भनाई छ ।
प्रहरीले बैध समानलाई अबैध भनेर कार्वाही गरेको भन्दै व्यापारीहरु आक्राशित बनेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ