News Category 2076/04/18
बिजुली बत्तिमा पनि ...
राजविराजमा नगरमा सोलार बत्ति जडान गरिएको झण्डै चार वर्ष भएको छ । तत्कालिन अवस्थामा बढ्दो लोडसेडिङका कारण नगरवासी अध्यारोमा बस्न बाध्य भइरहेकोले नगरको विभिन्न सार्वजनिक स्थानमा सोलार लाइट जडन गरिएको थियो । जडान गरिएका सेलार लाइट साँझ हुने बित्तिकै आफै बल्ने तथा बिहान उज्यालो हुने बितिक्कै आफै निभ्ने गरेकोले यसका लागि कुनै स्विच प्रयोग छैन् । तर, सोलार बत्ति लगाएकै समयदेखी थोरै थोरै बिग्रिने क्रम सुरु भएपछि अहिले अधिकांश स्थानको सोलार बत्ति कामै नलाग्ने भएको छ ।
नगरपालिकाको मुख्य सडकहरुमा अहिले सोलार बत्ति बाहेक पनि पोलहरुमा स्विच भएका बत्तिहरु समेत जडान छन् । नगरपालिकाको १६ वटै वडा मध्ये अधिकांश वडाका सडकको पोलहरुमा हालसम्म बत्ति बलेको देखिदैन् । बत्ति जडान भएका पोलहरुमा समेत बत्ति बलेको देखिदैन् । वर्षको एक पटक तिहारको बेलामा सम्पूर्ण वडाका पदाधिकारी तातिएपछि खोजी खोजी पोलहरुमा बत्ति झुण्ड्याउने कार्य हुन्छ । अनि केही दिनपछि पुनः बलहरु बिग्रन्छ । यो कार्य अहिले मात्र होइन् वर्षोदेखी निरन्तर चल्दै आएको छ । जनप्रतिनिधि नहुँदा र अहिले हुँदा समेत बिजुली बत्ति लगाउने कार्यमा निकै हेलचक्राई भएको छ । पोलहरुमा गुणस्तरहीन कम्पनीको बत्ति लगाउने कार्यले गर्दा चिम धेरै दिन टिक्दैन र फ्युज भएर जान्छ ।
यसरी नगरको विभिन्न स्थानहरुमा लगाइने बिजुली बत्तिमा समेत भ्रष्टाचार भइरहदा कसैलाई कुनै मतलब नभएको खण्डमा यस्ता कुरालाई जनस्तरबाटै सम्पूर्ण नगरवासीले एक स्वरमै आवाज उठाउनु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ