News Category 2076/04/18
बिजुली बत्तिमा पनि ...
राजविराजमा नगरमा सोलार बत्ति जडान गरिएको झण्डै चार वर्ष भएको छ । तत्कालिन अवस्थामा बढ्दो लोडसेडिङका कारण नगरवासी अध्यारोमा बस्न बाध्य भइरहेकोले नगरको विभिन्न सार्वजनिक स्थानमा सोलार लाइट जडन गरिएको थियो । जडान गरिएका सेलार लाइट साँझ हुने बित्तिकै आफै बल्ने तथा बिहान उज्यालो हुने बितिक्कै आफै निभ्ने गरेकोले यसका लागि कुनै स्विच प्रयोग छैन् । तर, सोलार बत्ति लगाएकै समयदेखी थोरै थोरै बिग्रिने क्रम सुरु भएपछि अहिले अधिकांश स्थानको सोलार बत्ति कामै नलाग्ने भएको छ ।
नगरपालिकाको मुख्य सडकहरुमा अहिले सोलार बत्ति बाहेक पनि पोलहरुमा स्विच भएका बत्तिहरु समेत जडान छन् । नगरपालिकाको १६ वटै वडा मध्ये अधिकांश वडाका सडकको पोलहरुमा हालसम्म बत्ति बलेको देखिदैन् । बत्ति जडान भएका पोलहरुमा समेत बत्ति बलेको देखिदैन् । वर्षको एक पटक तिहारको बेलामा सम्पूर्ण वडाका पदाधिकारी तातिएपछि खोजी खोजी पोलहरुमा बत्ति झुण्ड्याउने कार्य हुन्छ । अनि केही दिनपछि पुनः बलहरु बिग्रन्छ । यो कार्य अहिले मात्र होइन् वर्षोदेखी निरन्तर चल्दै आएको छ । जनप्रतिनिधि नहुँदा र अहिले हुँदा समेत बिजुली बत्ति लगाउने कार्यमा निकै हेलचक्राई भएको छ । पोलहरुमा गुणस्तरहीन कम्पनीको बत्ति लगाउने कार्यले गर्दा चिम धेरै दिन टिक्दैन र फ्युज भएर जान्छ ।
यसरी नगरको विभिन्न स्थानहरुमा लगाइने बिजुली बत्तिमा समेत भ्रष्टाचार भइरहदा कसैलाई कुनै मतलब नभएको खण्डमा यस्ता कुरालाई जनस्तरबाटै सम्पूर्ण नगरवासीले एक स्वरमै आवाज उठाउनु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ