News Category 2070/11/05
सप्तरीको फत्तेपुर फुटबल टिम “ए” डिभिजनमा बढुवा
दैनिक संवाददाता
राजविराज, ५ फागुन ।
सप्तरीको फत्तेपुरस्थित न्यु त्रियुगा स्पोर्टस फुटबल क्लब ‘‘ए” डिभिजनमा बढुवा भएको छ ।
काभ्रको धुलिखेलमा सम्पन्न ‘‘बी” डिभिजन लिगमा न्यु त्रियुगा स्पोर्टस क्लबले दोश्रो स्थान हासिल गरेपछि ‘‘ए” डिभिजनमा बढुवा हुन सफल भएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा सम्पन्न ‘‘बी” डिभिजन लिगको आइतवार सम्पन्न फाइनल खेलमा काभ्रेले सप्तरीको न्यु त्रियुगा स्पोर्टस क्लबलाई शुन्यका बिरुद्ध २ गोल अन्तर पराजित गरेको छ ।
काभ्रेसँग पराजित भएपनि सप्तरी काभ्रेसँगै ‘‘ए” डिभिजनमा बढुवा हुन सफल भएको फुटबलका प्रशिक्षक तथा जिल्ला फुटबल संघ सप्तरीका रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि सेमिफाइनलमा सप्तरीको न्यु त्रियुगा स्पोर्टस क्लबले टाइब्रेकरमा ४ का बिरुद्ध ५ गोल अन्तरले धनकुटालाई पराजित गर्दै ‘‘ए” डिभिजनमा स्थान सुरक्षित गरेको थियो । गत माघ २५ गतेदेख फागुन ४ गतेसम्म सम्पन्न ‘‘बी” डिभिजन लिगका देशभरीका १२ वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ