News Category 2076/04/19
सप्तरीलाई “कृषि हव” को रुपमा प्रोत्साहन गर्नु आवश्यक
सप्तरी जिल्ला आर्थिक श्रोतले धनी नभएपनि यहाँको कृषि क्षेत्रमा लगानी गर्न सकियो भने मुलुकको एउटा अन्न भण्डारको रुपमा पुनः सबल हुने देखिन्छ । दुई दशकअघि यस जिल्लालाई अन्न भण्डारको रुपमा चिनिने गरिन्थ्यो । यहाँको जमिनमा जुन सुकै पनि मौसमका कुनै पनि अन्न उत्पादन गर्न सक्ने उर्भरा शक्ति रहेको छ । धान खेतीको विषयमा यहाँ मौसमी धान खेती बाहके चैते धान समेत उत्पादन हुने गरिन्छ । तर, सिंचाईको उचित व्यवस्था र समयमा कामदार उपलब्ध नहुँदा यहाँका किसानहरु अहिले जसोतसो आफूलाई पुग्ने मौसमी धान खेती गर्ने गरेको पाइन्छ । त्यस्तै गहुँको उब्जनी पनि यहाँ निकै हुने गरेको छ । र यसमा पनि सम्बन्धीत निकायले उचित प्रवद्र्धन गर्न नसक्दा यो खेती पनि व्यक्तिगत रुपमै सीमित हुन पुगेको छ ।
यस बाहेक सप्तरीमा आँप उत्पादन पनि मुलुक भरिमा धेरै हुने गर्दछ । अहिले पनि आँपको राजा उपनामले सप्तरीलाई चिनिने गरिन्छ । यहाँ हरेक प्रकारको आँप फल्ने गर्दछ । जुन आँप मुलुकको कुनै पनि जिल्ला उत्पादन हुँदैन् त्यो आँप यहाँ उत्पादन हुनेगर्दछ । यहाँ उत्पादन भएको आँप नेपाल भरि आयात हुने गर्दछ । प्राय गरि काठमाडौंमा सप्तरीको आँपको बढी आयात हुने गर्दछ । यस जिल्लामा मालदह, बम्बई, कलकतिया, कृष्णभोग, अम्रपाली, दसहरि लगायतका आँपको उत्पादन हुने गर्दछ । त्यस्तै यहाँ माछापालन गर्ने वातावरण समेत रहेको छ । जनकपुरको माछा पछि सप्तरीको माछा समेत नेपालमै प्रख्यता रहेको छ ।
तसर्थ सम्बन्धीत निकायले सप्तरीलाई कृषि हवको रुपमा परिणत गर्न ध्यान दिन सके भने प्रदेश २ को मात्र नभएर नेपालकै कृषि क्षेत्रमा सप्तरीले ठूलो ठेवा पु¥याउने कुरामा दुइमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ