News Category 2076/04/20
किसानहरुको समस्याप्रति निकाय निरिह
सप्तरीमा हरेक वर्ष खेती गर्ने समयमा किसानहरुले विभिन्न समस्यासँगै जुद्धनु पर्ने बाध्यता रहेको छ । खेती गर्ने समयमा किसानहरुले आकाशे पानीको भर पर्नु परेको छ भने जसोतसो खेती गरेपछि उत्पादनलाई बढाउन मलखादको समस्या समेत झेल्नु परिरहेको छ । जिल्लामा कृषिको प्रसस्त सम्भावना हुँदा हुँदै पनि सिंचाईको उचित व्यवस्था नहुनुले किसानहरु निरास हुने गरेका छन् । यता खेती गर्न किसानहरु पानीको अभाव हुँदै गर्दा खेती गर्न कामदारहरुको समेत अभाव हुने गर्दछ । यी समस्याका बाबजुद किसानहरुलाई मलखादको अभाव हुनुले झनै मन पिरोलिन्छ । कृषि ज्ञान केन्द्रबाट सहुलियत दरमा मलखादको व्यवस्था गर्ने भने पनि किसानहरुले सो केन्द्रबाट कुनै सहुलियत दरमा मलखाद पाउने गरेका छैनन् । कीन भने सरकारले पठाएको सहुलियत दरको मलखाद किसानको हातमा पर्नु अघि नै हुनेखाने र विचौलियाको हातमा पर्न जान्छ ।
सरकारले पठाएको अनुदानको ती मलखाद कर्मचारीकै मिलोमतोमा कमिसनको चक्करमा विचौलियाले खरीद गरेर सोही मलखाद किसानलाई बढी मुल्यमा बिक्रि गर्ने गरिएको पाइन्छ । किसानले सहुलियत दरमा पाउने मलखाद नीजी पसल संचालकले बढी मुल्य तिराउन बाध्य गरेका छन् । यसरी यी समस्याप्रति सम्बन्धीत निकायले ध्यान दिन नसक्दा किसानहरु झनै मर्कामा परेका छन् । जुन मलखादको मुल्य २ हजार ३ सय सहुलियत दरमा पाइन्छ त्यसको मुल्य ३ हजारमा बजारमा छ्यापछ्यापी पाउने गर्दछ । बिचरा गरिब किसानले खेतीका लागि बढी मुल्य तिरेर पनि मलखाद खरीद गर्नुपर्ने बाध्यता छ । यता सप्तरीमा आएको बाढीका कारण लगाइएको धान खेती डुवानमा परेर कुहिएर गएको छ । त्यो दुःख किसानहरुलाई छदैछ त्यसमा पनि सिचाई र मलखादको समस्या समेत उनीहरुले सास्ती व्यहोर्नु परेको छ ।
तसर्थ यस्ता समस्या किसानहरुलाई नौलो होइन् यो विगत दुई दशकदेखी यसरी नै चल्दै आएको छ तर, सम्बन्धित निकाय मुकदर्शक बनेको अवस्था छ । अतः किसानहरुको समस्याप्रति निकाय र राज्य गम्भिर हुनु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ