News Category 2076/04/22
सडकलाई कुरुप हुनबाट जोगाउन निकायको ध्यान पुगोस्
सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिहरुको ध्यान पुग्न सकिरहेको छैन् । हाल नगरमा संचालित विभिन्न योजनाहरु अलपत्र रहेका छन् । राजविराजको मुख्य चौक गजेन्द्र चौकवरिपरिका सडक निर्माण अहिले अलपत्रमा परेको छ । निर्माण कम्पनीले कामलाई बीचमै छोडर अलपत्र पारेको छ । जसकारण सडकमा हिडडुल गर्न निकै अफ्ठ्यारो भएको छ भने सामान्य वर्षा हुनासाथ सो सडकमा दुई फिटसम्म पानी जम्ने गरेको छ । यता सुख्खा भएकोबेला धुलो त्यत्तिकै उड्नाले सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको छ । सडक निर्माणको नाममा जताभावी ढलान गरेर यातायात अवरुद्ध हुने गरेको छ । जसकारण सडक झनै साँघुरो भएको छ ।
यता यो सडक बाहेक अन्य सडकहरुको हाल झनै बेहाल रहेको छ । अदालत रोड अन्तरगतका सडकहरुको अवस्था पनि झनै जिर्ण रहेको छ । अति व्यस्त मानिने यस सडकखण्डको कालोपत्रे भत्किएको छ भने पानी निकासीको बाटो नहुँदा वर्षामा भएका पुराना नालाको पानी समेत सडक हुँदै बग्ने गर्दा वातावरण दुषित हुने गरेको छ । यस सडकको बीचमै पशुचौपाया तथा तरकारी बिक्रि हुने केन्द्र बनेको छ । यस्तै नगरको विभिन्न सकडहरुमा जताभावी यातयातका साधन रोकिने गर्दा बटुवाहरुलाई झनै सास्ती व्यहोनु परेको छ । यती मात्र नभएर घर निर्माण सामाग्रिहरु सडक ओगेटेर राख्ने प्रबृती अहिले सम्म कायमै रहेको छ ।
यस्ता प्रवृतीका कारण मुलुककै पुरानो नगरपालिका मध्ये एक राजविराज नगरपालिकाकाको सौन्दर्यता तथा पहिचान समेत गुम्ने खतरा बढेको छ । तसर्थ यस्ता कार्यलाई नियन्त्रण गर्न र ठेकेदार कम्पनीलाई निर्माण कार्य सम्पन्न गराउन सम्बन्धीत निकायको ध्यान पुग्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ