News Category 2076/04/26
छुवाछुत प्रथा उन्मूलन गर्न सबैको सहयोग आवश्यक
विभिन्न जात, समुदाय, वर्ग, लिङ्गका कारण छुवाछुत प्रथा अझै हाम्रो मुलुकमा कायमै रहेको छ । यो प्रथा गरिब, धनी सबै वर्गमा हालसम्म हायमै रहेको छ । छुवाछत गरिने भन्ने कुरालाई अहिले सबै भन्दा बढी धनीले गरिबलाई कुनै न कुनै बहानामा विभेद गरिरहेको देखिन्छ । जुनसुकै जातका गरिब व्यक्ति जुनसुकै जातका धनीबाटै अपहेलित हुँदै आएको सत्यतालाई हामीले स्वीकार्नै पर्दछ । तर, अहिलेको आधुनिक युगमा पनि समाजमा यस्ता भेदभाव हट्न नसक्नु मानसिकताको उपज मात्र हो भन्नुमा कुनै दुइमत नहोला ।
सरकारले सामाजिक विकृती र बिसंगतिलाई न्यूनिकरण गर्न वर्षेणी अर्बौको बजेट विनियोजन गर्ने गरेको छ । तर, त्यसको प्रतिफल भने न्यून रहेको छ ।
जातिय भेदभावलाई निरुत्साहित गर्न संविधानमै उल्लेख भए पनि यसप्रति अहिले पनि समाज सचेत र गम्भिर भएको देखिदैन् । जसकारण जातको आधारमा छुवाछुतले आश्रय लिएको पाइन्छ । यता दलित अन्तरगत डोम समुदाय यसबाट बढी नै पीडित भएको पाइन्छ । डोम समुदायलाई शताब्दीदेखी नै तल्लो कामका लागि प्रयोग गर्दै आएको देखिन्छ । तर, सोही डोम समुदायका व्यक्तिको हातबाट बनाइएको नाङ्गलो, सुप, ढक्की जस्ता बाँसका सामाग्रिहरु पुजापाठका क्रममा प्रयोग भएको पाइन्छ । ती सामाग्रिहरु बनाउने कला प्रकृतीले डोम समुदायका व्यक्तिहरुलाई मात्र दिएको छ ।
मानवले कुनै पनि वहानमा छुवाछुत न्युनिकरण गर्न अझै पनि जनचेतना तथा आफ्नो मानसिकतालाई परिवर्तन गर्नु आवश्यक छ । तसर्थ हामी २१ औं शताब्दीमा छौं, यस्ता भेदभावलाई निरुत्साहित गर्न सबैले आफ्नो मानसिकतालाई नै परिवर्तन गरे केही क्षणमै छुवाछुतको गहिरो रोग हट्न सक्ने कुरालाई हामीले मनन् गर्नु आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ