News Category 2076/04/27
कक्षा कोठामा विद्यार्थीले मोवाइल बोक्ने कार्यप्रति ध्यान पुगोस्
अहिले अधिकांश विद्यार्थीहरुले पढ्ने कक्षा कोठामा मोवाइल बोक्ने गरेका छन् । यो एउटा अहिले जटिल समस्याको रुपमा देखापरेको छ । शिक्षकले पढाइरहेको बेला विद्यार्थीहरुले मोवाइलको प्रयोग गरिरहेका हुन्छन् । जसकारण शिक्षकले सिकाइरहेका कुराप्रति उनीहरुको ध्यान जादैन् । हुन त अहिलेको समयमा मोवाइल एउटा संचार माध्यमको साटो मनोरन्जनको रुपमा बढी प्रयोग गरिएको पाइन्छ । यसले पठ्नपाठनमा नकारात्मक असर पारिरहेको छ । यसतर्फ अभिभावकहरुले ध्यान नदिंदा विद्यार्थीहरु पढाईभन्दा अन्य कामहरुमा समेत व्यस्त हुन थालेका छन् । मोवाइलले फाइदा पु¥याएपनि यसको वेफाइदा पनि धेरै हुन्छन् । मोवाइलमै गीत सुन्ने, भिडियो हेर्ने कामले अहिलेका विद्यार्थीहरु अध्ययनभन्दा पछाडि पर्दै गएको छ ।
हुन त संचार क्षेत्रले फड्को मार्दै गएपछि विद्यार्थीहरुले पनि मोवाइल बोक्ने क्रम बढेको हो । प्रायः जसो निम्न माध्यमिक र माध्यमिक बिद्यालयका बिद्यार्थीहरु मोवाइल प्रयोग गर्ने गरेका छन् । बिद्यालय प्राङ्गणमा होस् या कक्षामा पढाई भइरहेकै अवस्थामा पनि बिद्यार्थीहरु मोवाइल प्रयोग गर्ने गरेका छन् । अहिले निजी तथा ग्रामिण भेगका सामुदायिक बिद्यालयहरुमा समेत मोवाइल बोक्ने बिद्यार्थीहरु देखा पर्न थालेका छन् । कक्षाकोठाभित्र मोवाइल प्रयोग हुन नदिन धेरै हदसम्म नियन्त्रण भएको शिक्षकहरुले बताइरहेपनि यसतर्फ ठोस पहल भएको देखिन्न । कम्तीमा कक्षाकोठाभित्र यस्तो काममा रोक लगाउनुपर्ने आवश्यक्ता रहेको छ ।
संचार सम्पर्कमा रहनु सकारात्मक भएपनि मोवाइल बोकेर कक्षाकोठासम्म जानु अध्ययन, अध्यापनमा बाधा पु¥याउनु बाहेक केहि पनि होइन् । तसर्थ मोवाइल प्रयोग गर्न दिन नहुनेमा अभिभावक नै सचेत नभएकोले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ