News Category 2076/05/05
अव्यवस्थित घर निर्माण रोक्नु आवश्यक
मुलुककै पुरानो नगरपालिका मध्ये एक राजविराज नगरपालिकाले अहिले आफ्नो अस्तित्व बचाउनमा संघर्षरत रहेको छ । भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित यस नगरपालिकामा अहिले अव्यस्थित तरीकाबाट घर निर्माणका साथै, अव्यवस्थित बजार बिस्तार हुनु र सडकहरुमा पशुचौपायाको खुलेआमा रजाइका कारण अव्यवस्थित बन्दै गएको हो । दुई दशकदेखी निर्वाचित प्रतिनिधिबिहीन भएको अवस्थामा बजार अव्यवस्थित बन्दै जाँदा अहिले जनप्रतिनिधी आइसकेको अवस्थामा समेत सुधारको संकेत देख्न सकिएको छैन् । े
नगरपालिकाको मौलिकताको प्रतिक रहेको राजविराज हटिया आधुनिक तरीकाबाट निर्माण भइरहनुलाई सकारात्मक भन्न मिल्छ तर, त्यसबाहेक बजार क्षेत्र फराकिलो हुँदै जाँदा घर निर्माणका कार्यहरु झनै अव्यवस्थित हुदै गएको छ । त्यसतर्फ कुनै जनप्रतिनिधिहरुको ध्यान पुग्न सकिरहेको छैन् । नक्सा नबनाइकनै तथा नगरपालिकाबाट स्वीकृत समेत नलिई दिनहुँ दर्जनौं अव्यवस्थित तरीकाले घर निर्माण भइरहेको छ । सडकहरु साघँुरो हुदैछन् । जग्गाहरु अतिक्रमण हुँदैछन् । सरकारी जग्गा मिचेर भौतिक संरचना निर्माण भइरहेका छन् । टोल टोलमा रहेका पोलहरुमा बिजुली बत्ति बलदैनन् । त्यसतर्फ नगरपालिकाको ध्यान केन्द्रित भएको देखिन्न् । जनताले नगरको विकास र न्यूनतम सरकारी सुविधा समेत भोग गर्न पाइरहेको देखिन्न् । स्थानिय तहको राजश्व बढाउने नाममा सानो भन्दा सानो शिर्षकमा राजश्व लिने काम भइरहेको छ । राजश्व लिनु भनेको स्थानिय तहकै विकासका लागि हो । तर, त्यसो देखिदैन् । जनताको महिनेतको कमाईबाट लिइने राजश्वको सही ढंगले उपयोग भएको पाइएको छैन् ।
तसर्थ जनताको प्रत्यक्ष रुपमा सरोकार राख्ने शिर्षकहरुमा जनप्रतिनिधिहरुले इमान्दारिताका साथ काम गर्नु पर्ने देखिन्छ । होइन् भने चार वर्षमा हुने जनप्रतिनिधिहरुको अग्निपरीक्षामा सोही जनताले परिवर्तन समेत गर्न सक्ने कुरालाई उनीहरुले मनन् गर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ