News Category 2076/05/09
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
दैनिक समाचारदाता
जनकपुरधाम, ९ भदौं ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा मिडिया मैत्री कानून निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।
सोमबार जनकपुरमा आयोजित मिडिया सम्बन्धी प्रादेशिक कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री ज्ञानेन्द्र यादवले मिडिया सम्बन्धी विधेयक ल्याएपछि देखिएको केही इरर हटाउने प्रतिबद्धता गरिसकेको यसका लागि पत्रकारहरुलाई आन्दोलन गर्नु नपर्ने उल्लेख गरे ।
उनले भने, “हामी सहकार्य गर्छाैं, तपाईहरु ढुक्क रहनुस् । हामी पत्रकारको बिमा र स्वदेश÷ विदेशस्तरीय तालिमको योजना पनि ल्याउँदैछौं, चाँडै सञ्चारग्राम बनाई रेडियो, टेलिभिजन सुरु गर्छौ ।”
सो कायक्रममा प्रदेश २ का संसदीय दलका उपनेता, समाजवादी पार्टीका रामअशिष यादव, सांसद शिवचन्द्र चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य अवधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान तथा आठै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ