News Category 2076/05/09
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
दैनिक समाचारदाता
जनकपुरधाम, ९ भदौं ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा मिडिया मैत्री कानून निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।
सोमबार जनकपुरमा आयोजित मिडिया सम्बन्धी प्रादेशिक कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री ज्ञानेन्द्र यादवले मिडिया सम्बन्धी विधेयक ल्याएपछि देखिएको केही इरर हटाउने प्रतिबद्धता गरिसकेको यसका लागि पत्रकारहरुलाई आन्दोलन गर्नु नपर्ने उल्लेख गरे ।
उनले भने, “हामी सहकार्य गर्छाैं, तपाईहरु ढुक्क रहनुस् । हामी पत्रकारको बिमा र स्वदेश÷ विदेशस्तरीय तालिमको योजना पनि ल्याउँदैछौं, चाँडै सञ्चारग्राम बनाई रेडियो, टेलिभिजन सुरु गर्छौ ।”
सो कायक्रममा प्रदेश २ का संसदीय दलका उपनेता, समाजवादी पार्टीका रामअशिष यादव, सांसद शिवचन्द्र चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य अवधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान तथा आठै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ