News Category 2070/11/09
फागुन मसान्तसम्म सम्झौता कार्यान्वयन नभए आन्दोलन गर्ने तिवारीको चेतावनी
दैनिक संवाददाता
राजविराज, ८ फागुन ।
विगतमा भएको १० बुँदे सम्झौता हालसम्म पनि कार्यान्वयन नभएको भन्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीले ती सम्झौता फागुन मसान्तसम्म पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामअधिन यादवमार्फत प्रधानमन्त्री शुशिल कोइरालाईसमक्ष बिहीबार बुझाइएको ज्ञापनपत्रमा २०७० बैशाख ४ गते तत्कालिन उर्जा, विज्ञान तथा वातावरण र सिंचाई मन्त्री उमाकान्त झाको विशेष उपस्थितिमा १० बुँदे मागप्रति सहमति भएको उल्लेख छ ।
लोकसेवा आयोगका शाखा कार्यालय मधेशका जिल्लाहरुमा समानरुपले स्थापना गर्ने, महिनामा सबै विकासीय कार्यालयबाट विकासका कार्यक्रमहरु, खर्चका विवरणहरु अनिवार्य रुपले सार्वजनिक गर्ने, राजविराज–हनुमाननगर–भारदह सडक, राजविराज–रुपनी सडकको निर्माण तथा राजविराज–कंचनपुर, राजविराज–सिरहा, राजविराज–कुनौली सडकको निर्माणका लागि आगामी वर्षको योजनामा समावेश गर्न भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउन सहमति भएको ज्ञापनपत्रमा उल्लेख छ ।
सो समयमा नेपाल सरकारले ती मागहरु तदारुकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म मागहरुप्रति कुनै सुनुवाई नभएको र ती मागहरु फागुन मसान्तभित्र कार्यान्वयन नभए आन्दोलन गर्नुपर्ने बाध्यता भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ