News Category 2070/11/09
फागुन मसान्तसम्म सम्झौता कार्यान्वयन नभए आन्दोलन गर्ने तिवारीको चेतावनी
दैनिक संवाददाता
राजविराज, ८ फागुन ।
विगतमा भएको १० बुँदे सम्झौता हालसम्म पनि कार्यान्वयन नभएको भन्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीले ती सम्झौता फागुन मसान्तसम्म पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी रामअधिन यादवमार्फत प्रधानमन्त्री शुशिल कोइरालाईसमक्ष बिहीबार बुझाइएको ज्ञापनपत्रमा २०७० बैशाख ४ गते तत्कालिन उर्जा, विज्ञान तथा वातावरण र सिंचाई मन्त्री उमाकान्त झाको विशेष उपस्थितिमा १० बुँदे मागप्रति सहमति भएको उल्लेख छ ।
लोकसेवा आयोगका शाखा कार्यालय मधेशका जिल्लाहरुमा समानरुपले स्थापना गर्ने, महिनामा सबै विकासीय कार्यालयबाट विकासका कार्यक्रमहरु, खर्चका विवरणहरु अनिवार्य रुपले सार्वजनिक गर्ने, राजविराज–हनुमाननगर–भारदह सडक, राजविराज–रुपनी सडकको निर्माण तथा राजविराज–कंचनपुर, राजविराज–सिरहा, राजविराज–कुनौली सडकको निर्माणका लागि आगामी वर्षको योजनामा समावेश गर्न भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउन सहमति भएको ज्ञापनपत्रमा उल्लेख छ ।
सो समयमा नेपाल सरकारले ती मागहरु तदारुकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म मागहरुप्रति कुनै सुनुवाई नभएको र ती मागहरु फागुन मसान्तभित्र कार्यान्वयन नभए आन्दोलन गर्नुपर्ने बाध्यता भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ