News Category 2070/11/10
प्रेस युनियनको पा“चौ जिल्ला अधिवेशन सम्पन्न
दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
नेपाली काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले जिल्लाको विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन सप्तरी शाखाको पाँचौं जिल्ला अधिवेशनको अवसरमा सभपति यादवले विकासको पक्षमा कलम चलाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले देशमा परिवर्तनको एकमात्र संवाहक नेपाली काँग्रेस रहेको दाबी समेत गर्नुभयो । सोही कार्यक्रममा नेपाल प्रेस युनियन सप्तरीका संस्थापक अध्यक्ष शम्भु झाले सप्तरीको पत्रकारितामा प्रेस युनियनको सशक्त भूमिका रहेको बताउनुभयो ।
नेपाली काँग्रेसले कहिल्यै पनि युनियनको हितमा काम गर्न नसकेको भन्दै झाले युनियनमा आबद्ध पत्रकारहरुलाई काँग्रेसले कतै पनि स्थान नदिएको आरोप समेत लगाउनुभयो । यस्तै सो कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य लिला बल्लभ घिमिरेले युनियन नभए मुलुकमा प्रजातन्त्रमाथि नै संकट उत्पन्न हुने बताउँदै अहिलेको अवस्थामा युनियनमाथि ठूलो जिम्मेवारी आएको बताउनुभयो ।
सोही कार्यक्रममा नेपाल प्रेस युनियन सप्तरीको संस्थागत विकासमा योगदान दिएका संस्थापक अध्यक्ष शम्भु झालाई सो कार्यक्रममा दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गर्नुभयो ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्रप्रसाद साह, प्रेस काउन्सील सदस्य मुरलीप्रसाद यादव, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य राजेश झा, युनियन सप्तरीका पूर्व अध्यक्ष ब्यासशंकर उपाध्याय, नेपाल शिक्षक युनियनका अध्यक्ष फुलेश्वर मण्डल, नेकाँ ३ नम्बर क्षेत्रीय सभापति रामकुमार यादव, नगर सभापति शम्भुलाल देवसहितकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यसैगरी युनियनका पूर्व जिल्ला उपाध्यक्ष अवधेशकुमार झा, पार्षदहरु जितेन्द्र खड्गा, श्रवणकुमार देव, गणेशलाल देव, अर्जुनप्रसाद साह, प्रेस चौतारीका जिल्ला अध्यक्ष अम्बिका दहालसहितकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
युनियनका जिल्ला सचिव जितेन्द्रकुमार झाले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष रामनारायण विश्वासले स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ