News Category 2070/11/10
प्रेस युनियनको पा“चौ जिल्ला अधिवेशन सम्पन्न
दैनिक संवाददाता
राजविराज, ९ फागुन ।
नेपाली काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले जिल्लाको विकासमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन सप्तरी शाखाको पाँचौं जिल्ला अधिवेशनको अवसरमा सभपति यादवले विकासको पक्षमा कलम चलाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले देशमा परिवर्तनको एकमात्र संवाहक नेपाली काँग्रेस रहेको दाबी समेत गर्नुभयो । सोही कार्यक्रममा नेपाल प्रेस युनियन सप्तरीका संस्थापक अध्यक्ष शम्भु झाले सप्तरीको पत्रकारितामा प्रेस युनियनको सशक्त भूमिका रहेको बताउनुभयो ।
नेपाली काँग्रेसले कहिल्यै पनि युनियनको हितमा काम गर्न नसकेको भन्दै झाले युनियनमा आबद्ध पत्रकारहरुलाई काँग्रेसले कतै पनि स्थान नदिएको आरोप समेत लगाउनुभयो । यस्तै सो कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य लिला बल्लभ घिमिरेले युनियन नभए मुलुकमा प्रजातन्त्रमाथि नै संकट उत्पन्न हुने बताउँदै अहिलेको अवस्थामा युनियनमाथि ठूलो जिम्मेवारी आएको बताउनुभयो ।
सोही कार्यक्रममा नेपाल प्रेस युनियन सप्तरीको संस्थागत विकासमा योगदान दिएका संस्थापक अध्यक्ष शम्भु झालाई सो कार्यक्रममा दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गर्नुभयो ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष ओमप्रकाश साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्रप्रसाद साह, प्रेस काउन्सील सदस्य मुरलीप्रसाद यादव, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य राजेश झा, युनियन सप्तरीका पूर्व अध्यक्ष ब्यासशंकर उपाध्याय, नेपाल शिक्षक युनियनका अध्यक्ष फुलेश्वर मण्डल, नेकाँ ३ नम्बर क्षेत्रीय सभापति रामकुमार यादव, नगर सभापति शम्भुलाल देवसहितकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यसैगरी युनियनका पूर्व जिल्ला उपाध्यक्ष अवधेशकुमार झा, पार्षदहरु जितेन्द्र खड्गा, श्रवणकुमार देव, गणेशलाल देव, अर्जुनप्रसाद साह, प्रेस चौतारीका जिल्ला अध्यक्ष अम्बिका दहालसहितकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
युनियनका जिल्ला सचिव जितेन्द्रकुमार झाले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष रामनारायण विश्वासले स्वागत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ