News Category 2076/05/20
किशोरीमाथि एसिड प्रहार एक पक्राउ, अर्का फरार
दैनिक समाचारदाता
बिरगंज, २० भदौं ।
घरबाट बिहान ६ बजेतिर स्कुल जाँदै गरेकी एक छात्रामाथी शुक्रवार बिहान विरगञ्जमा एसिड प्रहार भएको छ ।
बिरगंज महानगरपालिका ६ गणेशमान चोक छपकैयास्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत बिरगंज छपकैयाकी १५ वर्षिय मुस्कान खातुनमाथी एसिड प्रहार भएको हो ।
एसिड प्रहारबाट मुस्काननको देब्रे पट्टीको भाग पुरै जलेको छ भने तेजाबबाट खातुनको अनुहारसहित छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ भने सो कार्यमा सहयोग गर्ने वीरगञ्ज २ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच एसीड प्र्रहारबाट घाइते भएकी मुस्कानको उपचारका लागी संघिय सांसद प्रदिप यादवले ५० हजार सहयोग गरेका छन । घाइते भएकी मुस्कानलाई थप उपचारको लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।
खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएकोे संसादले बयानमा बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ