News Category 2070/11/11
छिटो संबिधान निर्माण हुनुपर्ने जरुरी छ ः अध्यक्ष प्रधान
राजविराज÷पुर्वाञ्चल उद्योग बाणिज्य संघका अध्यक्ष किशोर प्रधानले मुलुकको समग्र आर्थिक बिकासको लागि छिटो संबिधान निर्माण हुनुपर्ने बताउनुभएको छ ।
सप्तरी उद्योग बाणिज्य संघको नवकार्यसमितिको सपथग्रहण तथा पदस्थापना कार्यक्रमलाई शनिबार राजविराजमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रधानले आर्थिक एजेण्डालाई जोड दिने खालको संबिधान जारी नभएसम्म मुलुकको समग्र आर्थिक बिकासले गति नलिने बताउनुभयो ।
आगामी एक बर्षभित्र संबिधान जारी गर्न सभासद्हरुलाई दबाब दिनुपर्नेमा जोेड दिदै उहाँले अब बन्ने संबिधान आर्थिक मैत्री हुनुपर्ने बताउनुभयो ।
उद्योगी व्यापारीहरुकै करबाट सरकार चलेपनि कुनै पनि सरकारले उद्योगी व्यापारीहरुको समस्यालाई उचित रुपमा सम्बोधन गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा सप्तरीका सभासद्हरु अशोक कुमार मण्डल (अमर), उमेश कुमार यादव, मानपुर चौधरी, तेजुलाल चौधरी, रंजित कर्णले सम्पुर्ण सभासद्हरु राजनीति भन्दा माथि उठेर जिल्लाको समग्र बिकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले जिल्लामा आउने बजेटहरु सही रुपमा सदुपयोग हुन नसक्दाँ सप्तरीमा बिकासले गति लिन नसकेको बताउँदै संबिधान निर्माणसँगै जिल्लाको बिकासमा सभासद्हरु सँगसँगै अघि बढ्ने उहाँहरुले बताउनुभयो ।
सप्तरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सत्रुधन रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सत्यनारायण यादव, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवर, स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटा, सप्तरी उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष मनोजकुमार मुन्धडा, बरिष्ठ उद्योगपति सिताराम कावरा लगायतले शुभकामना मनतव्य ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानसहितका नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पदस्थपना गराइयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ