News Category 2070/11/11
सप्तरीका तीन सभासद्हरु सम्मानित
राजविराज÷मैथिली साहत्यि परिषद् सप्तरीले जिल्लाबाट निर्वाचित ३ जना सभासद्हरुलाई मिथिलाको पाग र दोसल्ला ओढाएर सम्मान गरेको छ ।
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा अवसरमा मैथिल भवन राजविराजमा आयोजना आयोजित कार्यक्रममा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् मानपुर चौधरी, क्षेत्र नम्बर २ बाट निर्वाचित अशोक कुमार मण्डल (अमर) र क्षेत्र नम्बर ३ बाट निर्वाचित उमेश कुमार यादवलाई मिथिलाको पाग र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सम्मानित ३ जना सभासद्हरुले संबिधानसभा सदस्यको हैसियतमा मैथिली भाषामा सपथ लिनुभएको थियो । तिनै जना एकिकृत नेकपा माओवादीबाट निर्वाचित भएका हुन् ।
मैथिल साहित्य परिषद् सप्तरीका अध्यक्ष बिबेकानन्द मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा सभासद्त्रयलाई पाग र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
मैथिल साहित्य परिषद्को सम्मान ग्रहण पश्चात तीनै जना सभासद्हरुले मैथिली भाषा र संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि संबिधानसभामा आवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल सद्भावना पार्टी गजेन्द्रबादीका अध्यक्ष बिकास कुमार तिवारी, मैथिल साहित्य परिषद् सप्तरीका पुर्व अध्यक्षहरु बिष्णुकुमार मण्डल, अमरकान्त झा, जनानन्द मिश्र, देबेन्द्र मिश्र, मैथिल महिला परिषद्की पुर्व अध्यक्ष मिना ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, जिल्ला वार एशोसिएशनका अध्यक्ष कृपानारायण यादव, शिक्षक युनियन सप्तरीका नवनिर्वाचित अध्यक्ष फुलेश्वर मण्डल, मुस्लिम समुदायका अगुवा मो. आसिन मियाँ, मारवाडी महिला मञ्चकी कमला भन्साली लगायतले अब बन्ने संबिधानमा मिथिला राज्यको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।
मैथिल साहित्य परिषद् सप्तरीका सचिव महेन्द्र मण्डल (वनवारी) द्वारा सञ्चालित कार्यक्रममा परिषद्का कोषाध्यक्ष शुभचन्द्र झाले स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ