News Category 2070/11/12
सुपारी फिर्ता पाउन दायर रिटको पेशी फागुन २० गते हुने
दैनिक संवाददाता
राजविराज, ११ फागुन ।
पसलबाट सुपारी नियन्त्रणमा लिई अबैध भनेर कार्वाहीका लागि भन्सारलाई बुझाएको भन्दै पुनरावेदन अदालत राजविराजमा दायर भएको रिटको पेशी आगामी फागुन २० गतेका लागि तोकिएको छ ।
छिन्नमस्ता ५ स्थित अनिता कुमारी यादवको नाममा रहेको ज्योति किराना पसलको गोदामबाट प्रहरीले सुपारी नियन्त्रणमा लिएर भारततर्फ लग्दै गर्दा नियन्त्रणमा लिएको भनेर कार्वाहीका लागि भन्सारमा बुझाएको पसलधनिले दायर गरेको रिटको पेशी फागुन २० गते तोकिएको हो ।
बैलगाडामा भारततर्फ लग्दै गर्दा नियन्त्रणमा लिएको भनी प्रहरीले संचार माध्यमलाई जानकारी गराएको दुई दिन नबित्दै पसलधनीले पुनरावेदन अदालत राजविराजमा रिट दायर गरेका थिए ।
सुपारी फिर्ता पाउँ भन्दै दायर गरिएको निषेधाज्ञा रिटमा अदालतले प्रहरी तथा भन्सार कार्यालय दुबैलाई लिखित जवाफ पेश गर्न आदेश दिएकोमा भन्सार कार्यालयले हालसम्म लिखित जवाफ पेश गर्न नसकेको अदालत श्रोतले जनाएको छ । अदालतको आइतबारको आदेशले एक साताभित्र सुपारी कस्तो अवस्थामा छ भन्ने बिषयमा लिखित जवाफ मागेको छ ।
अदालतले यसअघि नै यादवको सुपारी लिलामी नगर्न भन्सार कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई आदेश दिइसकेको छ ।
रौतहटको गौरस्थित जय बजरंगबली ट्रेड्र्सबाट यादवले पुस १२ गते खरीद गरी ल्याएको सुपारी गोदाममा राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको र सुपारी खरीद गरिएको भ्याट बिल, कारोबार गर्न लिएको स्थायी लेखा नम्बर, वाणिज्य आपूर्ति तथा व्यवस्थापन विभागको अनुमति पत्र, घरेलु तथा साना उद्योग कार्यालयमा प्राइभेट फर्म रजिष्ट्रेशन गरिएको प्रमाण पत्र हुँदाहुँदै पनि प्रहरीले गोदामबाट प्रहरी नियन्त्रणमा लिएको अदालतमा दायर गरिएको निषेधाज्ञा रिटमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ