News Category 2070/11/15
पत्रकार शर्मालाई धम्की दिनेले मागे माफी
दैनिक संवाददाता
राजविराज, १४ फागुन ।
पत्रकार दिनेश शर्मालाई अपहरण गर्ने धम्की दिने ब्यक्तिले बुधवार माफी मागेका छन् ।
सार्वजनिक बाटो मिचेर घर निर्माण गर्दै शिर्षकमा सोमबार कृष्णा दैनिकमा प्रकाशित समाचारको बिषयलाई लिएर धम्की दिने सप्तरीको पकरी गाविस–१ निवासी दिपेन्द्र यादवले माफी मागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधवार साँझ नेपाल पत्रकार महासंघ सप्तरीका पदाधिकारी, स्थानियबासी र पीडित पत्रकारबीच भएको छलफलमा धम्की दिने यादवले आफुले आबेशमा आएर धम्की दिएको भन्दै सार्वजनिक रुपमा माफी मागेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
धम्की दिने यादवले अब उप्रान्त कुनै पत्रकारलाई कुनै किसिमको धम्की नदिने प्रतिबद्धता समेत जनाएको अध्यक्ष साहले बताउनुभयो ।
समाचार किन लेखिस्, कहाँ छस् भन्दै यादवले ९८०७७०४७८८ नम्बरको मोवाईल प्रयोग गरी अपहरण गर्ने धम्की दिको भन्दै पत्रकार शर्माले नेपाल पत्रकार महासंघ सप्तरीमार्फत जिल्ला प्रहरी कार्यालयसँग शान्ति सुरक्षाको माग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ