News Category 2070/11/15
पत्रकार शर्मालाई धम्की दिनेले मागे माफी
दैनिक संवाददाता
राजविराज, १४ फागुन ।
पत्रकार दिनेश शर्मालाई अपहरण गर्ने धम्की दिने ब्यक्तिले बुधवार माफी मागेका छन् ।
सार्वजनिक बाटो मिचेर घर निर्माण गर्दै शिर्षकमा सोमबार कृष्णा दैनिकमा प्रकाशित समाचारको बिषयलाई लिएर धम्की दिने सप्तरीको पकरी गाविस–१ निवासी दिपेन्द्र यादवले माफी मागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधवार साँझ नेपाल पत्रकार महासंघ सप्तरीका पदाधिकारी, स्थानियबासी र पीडित पत्रकारबीच भएको छलफलमा धम्की दिने यादवले आफुले आबेशमा आएर धम्की दिएको भन्दै सार्वजनिक रुपमा माफी मागेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।
धम्की दिने यादवले अब उप्रान्त कुनै पत्रकारलाई कुनै किसिमको धम्की नदिने प्रतिबद्धता समेत जनाएको अध्यक्ष साहले बताउनुभयो ।
समाचार किन लेखिस्, कहाँ छस् भन्दै यादवले ९८०७७०४७८८ नम्बरको मोवाईल प्रयोग गरी अपहरण गर्ने धम्की दिको भन्दै पत्रकार शर्माले नेपाल पत्रकार महासंघ सप्तरीमार्फत जिल्ला प्रहरी कार्यालयसँग शान्ति सुरक्षाको माग गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ