News Category 2070/11/14
जिल्ला स्तरीय योजना तर्जुुमा गोष्ठी सम्पन्न
दैनिक संवाददाता
राजविराज, १३ फागुन ।
आगामी आर्थिक बर्ष २०७१÷०७२ को जिल्ला स्तरीय एकिकृत योजना तर्जुमा गोष्ठी मंगलवार सम्पन्न भएको छ ।
जिल्लाबाट निर्वाचित सभासदहरु, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी, कार्यालय प्रमुखको उपस्थितिमा सम्पन्न गोष्ठीमा आगामी आर्थिक बर्ष २०७१÷०७२ को लागि बिभिन्न इलाकाबाट आएका योजनाहरुको बिषयमा छलफल थप योजनाहरु थप्ने निर्णय गरेको छ ।
सप्तरीका स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्लाको १७ वटै इलाकाबाट आएका योजनाहरुको बारेमा छलफल गर्दै जिल्लाको बिकासका लागि थप महत्व राख्ने योजनाहरु समेत समेटिने निर्णय गरेको हो ।
गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशु, जिल्ला कृषि, वन कार्यालय, जिल्ला खानेपानी, भु–संरक्षण, महिला बिकास कार्यालय लगायतका कार्यालयका प्रमुखहरुले इलाका स्तरबाट आएका योजना अन्तर्गत रहेर आगामी आर्थिक बर्षभित्र कार्यालयहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सो गोष्ठीमा सप्तरी क्षेत्र नम्बर १ का सभसाद् मानपुर चौधरी, क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् अशोक मण्डल(अमर), क्षेत्र नम्बर ५ का सभसाद् तेजुलाल चौधरी, राप्रापा नेपालका सभासद् गंगाप्रसाद यादवले जिल्लाको बिकासका लागि राजनीतिबाट माथि उठेर पहलकदमी अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यस्तै गोष्ठीमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला कार्यवाहक अध्यक्ष सत्यनारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला संयोजक गजेन्द्र मण्डल, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, राप्रापाका मो. सकिल अली लगायतका दलका प्रमुखहरुले जिल्लास्तरीय एकिकृत योजना तर्जुमा गोष्ठीमा भाग नलिने कार्यालय प्रमुखहरुमाथि कार्वाही अघि बढाउन माग गर्दै इलाका स्तरबाट आएका योजनाहरुलाई कार्यान्यन गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई, सगरमाथा आपाङग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव मण्डल लगायतले बोल्नुभयो । जिविसका कार्यक्रम अधिकृत नवराज खडकाद्वारा सञ्चालित गोष्ठीको सहजीकरण जिविसका योजना अगुमन तथा प्रशासकीय अधिकृत सुरेश राउतले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ