News Category 2070/11/13
समाचारको विषयलाई लिएर पत्रकार शर्मालाई अपहरण गर्ने धम्की पत्रकार महासंघ र क्रान्तिकारीद्वारा घटनाको भत्र्सना
दैनिक संवाददाता
राजविराज, १२ फाल्गुण ।
समाचारको बिषयलाई लिएर एक अपरिचित व्यक्तिले टेलिफोन मार्फत सप्तरीका पत्रकार दिनेश कुमार शर्मालाई अपहरण गर्ने धम्की दिएको छ ।
सार्वजनिक बाटो मिचेर घर निर्माण गर्दै शिर्षकमा सोमबार कृष्णा दैनिकमा प्रकाशित समाचारको बिषयलाई लिएर अपरिचित व्यक्तिले ९८०७७०४७८८ नम्बरको मोवाईलबाट फोन गरी अपहरण गर्ने धम्की दिएको पत्रकार शर्माले बताएका छन् ।
समाचार किन लेखिस्, कहाँ छस् भन्दै ति व्यक्तिले कृष्णा दैनिकको टेलिफोन सेटमा फोन गरी अपहरण गर्ने धम्की दिएको पत्रकार शर्माले बताउनुभयो ।
आफुले समाचारमा चित नबुझे कानुनी उपचार खोज्न आग्रह गर्दा समेत ति व्यक्तिले कानुनी उपचार किन खोज्ने बरु लेख्ने मान्छेलाई उठाएर लान्छु भन्दै धम्की दिएकोले नेपाल पत्रकार महासंघ सप्तरीमार्फत जिल्ला प्रहरी कार्यालयसँग शान्ति सुरक्षाको माग गरेको पत्रकार शर्माको कथन छ ।
कमाण्डर पोष्टका सप्तरी समाचारदाता समेत रहनुभएका पत्रकार शर्माले उक्त व्यक्तिको धम्की पश्चात आफुलाई असुरक्षित महसुस भईरहेको बताउनुभयो ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरी र क्रान्तिकारी पत्रकार संघ सप्तरीले सोमबारै एक प्रेस बिज्ञप्ती जारी पत्रकार शर्मालाई धम्की दिने व्यक्तिको पहिचान गरी तत्काल कार्वाही गर्न माग गरेका छन् ।
साथै पत्रकार शर्माको शान्ति सुरक्षाको वातावरण मिलाई दिन स्थानिय प्रहरी प्रशासनसँग माग गर्दै समाचारको बिषयमा चित नबुझे कानुनी उपचार खोज्नुको साटो पत्रकारलाई धम्की दिने प्रबृति प्रति आपति समेत जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ