News Category 2076/06/28
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा फुलवारी क्रिकेट क्लव सुनसरीले सिरहा क्रिकेट एकेडमीलाई २७ रनले पराजित गरेको छ ।
मबिव क्याम्पसको खेलमैदानमा सोमबार टस जितेर फुलवारी क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा १९.६ ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रनको योगफल खडा गरेको थियो ।
जसमा फुलवारीका अंकित सुवेदीले २३ रन, बिपिन महतले अविजित १६ रन, राकेश सोनीले १४ र सरोज बस्नेतले १२ रनको योगदान दिएका थिए ।
बलिंगतर्फ सिरहा ऐकेडमीका पार्थिव यादबले कसिलो बलिंग गर्दै ६ बिकेट तथा एफ सिद्विकी, दिलिप यादब र देवेन्द्र साहले समान्य १÷१ विकेट हात पारेका थिए ।
प्रतिउत्तरमा सिरहा क्रिकेट एकेडमीले १८.६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मै सिमित रहे । जसमा असोक यादबले २८, दिलिप यादब २६, प्रदिप पंडित १४ र प्रकाश कामैत १० रन जोडे पनि टिमलाई जिताउन सकेन ।
यता बलिंगतर्फ बिजेता टिम फुलवरीयाका बिपिन महत ३ बिकेट, प्रवेश कामैत २ र सोनु मण्डल र जितेन्द्र यादबले १÷१ विकेट लिएका थिए । जसमा बिजेता टिमका बिपिन महतले म्यान अफ दि म्याच घोषित भए ।
एक कार्यक्रम बिच बिष्णुपुर गाउपालिकाका अध्यक्ष लिलाम्वर यादबले ब्याटिंग गरेर उद्घाटन गरेको आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ