News Category 2076/06/28
सांसद साहले एयरपोर्टमा गरे तोडफोड
दैनिक समाचारदाता
धनुषा, २७ असोज ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहले सोमबार जनकपुर एयरपोर्टमा तोडफोड गर्नुका साथै सांसद साह र बुद्ध एयरका व्यवस्थापक प्रमुख विच हातपात समेत भएको छ ।
फ्लाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्टमा तोडफोड गरेका ह्न् ।
सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआएको र जहाजमा एकजना किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने भएपनि समयमा जहाज नआएकोले आफु आक्रोशमा आएर बुद्ध एयरको काउण्टरमा सामान्य तोडफोड गरेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाडौँ पठाउनका लागि आफुले विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा समेत कुनै चासो नदेखाएपछि विरामी पिडाले छटपटाईरहेको अवस्थालाई देखेर आफुले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकार गरेका छन् ।
यता विरामी चौधरीले आफु विहान ११ बजे नै आएपनि दिउँसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको र सांसद साहले आफ्नो अवस्था हेरेर आवेगमा आएको बताए ।
यस्तै बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले काठमाण्डौको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउदाँ समेत सांसद साहले एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसंगै कर्मचारीसंग दुव्र्यवहार गरेको बताए ।
सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोहि फ्लाईटमा काठमाण्डौ जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए । धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानमा बसेर काठमाण्डौँ गएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ