News Category 2070/11/17
दलित सेवा संघ सप्तरीको नया“ कार्यसमिति गठन
दैनिक संवाददाता
राजविराज, १६ फागुन ।
दलित सेवा संघ सप्तरीको शुक्रवार सम्पन्न चौथो जिल्ला अधिबेशनले पुनः पवन सरदारको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रामस्वागत विश्वकर्मा, सचिवमा ललित सरदार, सहसचिवमा शिबकुमार मण्डल र कोषाध्यक्षमा रामअशिष रामलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा भुपनारायण राम, बच्चेलाल सरदार, राजेश कुमार रिशाल, उर्मिला बिश्वकर्मा, लक्ष्मण साफी, सोनिया कुमारी राम, लगनीदेवी सदा, झौलीदेवी रामलाई चयन गरेको जनाएको छ ।
यसअघि अधिबेशनको एक कार्यक्रमका बीच उद्घाटन गर्दै दलित सेवा संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश गजमेरले राज्यको हरेक तहमा दलित समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
उहाँले हालै गठनभएको मन्त्रीपरिषद्मा एक जनापनि दलित समुदायबाट मन्त्री नबनाउनु दुखद भएको बताउँदै उहाँले यसबाट दलहरुको बोली र ब्यवहारमा भिन्ता देखिएको आरोप समेत लगाउनुभयो ।
दलित सेवा संघ सप्तरीका अध्यक्ष पवन सरदारको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा दलित सेवा संघका केन्द्रीय महासचिव इश्वरी प्रसाद विश्वकर्मा, प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, आदीवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष यमबहादुर खापाङगी, समग्र बिकास केन्द्रका सदस्य अनिरुद्ध प्रसाद मण्डल, दलित सेवा संघ सुनसरीका अध्यक्ष मणिराज सुमन, दलित सेवा संघ सिरहाका अध्यक्ष बिलक्षण महरा, एकिकृत नेकपा माओवादीका लक्ष्मी ठाकुर, नेपाली काँग्रेसका किरण भगत लगातयले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ