News Category 2070/11/17
दलित सेवा संघ सप्तरीको नया“ कार्यसमिति गठन
दैनिक संवाददाता
राजविराज, १६ फागुन ।
दलित सेवा संघ सप्तरीको शुक्रवार सम्पन्न चौथो जिल्ला अधिबेशनले पुनः पवन सरदारको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रामस्वागत विश्वकर्मा, सचिवमा ललित सरदार, सहसचिवमा शिबकुमार मण्डल र कोषाध्यक्षमा रामअशिष रामलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा भुपनारायण राम, बच्चेलाल सरदार, राजेश कुमार रिशाल, उर्मिला बिश्वकर्मा, लक्ष्मण साफी, सोनिया कुमारी राम, लगनीदेवी सदा, झौलीदेवी रामलाई चयन गरेको जनाएको छ ।
यसअघि अधिबेशनको एक कार्यक्रमका बीच उद्घाटन गर्दै दलित सेवा संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश गजमेरले राज्यको हरेक तहमा दलित समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
उहाँले हालै गठनभएको मन्त्रीपरिषद्मा एक जनापनि दलित समुदायबाट मन्त्री नबनाउनु दुखद भएको बताउँदै उहाँले यसबाट दलहरुको बोली र ब्यवहारमा भिन्ता देखिएको आरोप समेत लगाउनुभयो ।
दलित सेवा संघ सप्तरीका अध्यक्ष पवन सरदारको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा दलित सेवा संघका केन्द्रीय महासचिव इश्वरी प्रसाद विश्वकर्मा, प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, आदीवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष यमबहादुर खापाङगी, समग्र बिकास केन्द्रका सदस्य अनिरुद्ध प्रसाद मण्डल, दलित सेवा संघ सुनसरीका अध्यक्ष मणिराज सुमन, दलित सेवा संघ सिरहाका अध्यक्ष बिलक्षण महरा, एकिकृत नेकपा माओवादीका लक्ष्मी ठाकुर, नेपाली काँग्रेसका किरण भगत लगातयले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ