News Category 2070/11/18
सप्तरीमा २१ प्रतिशत बालबालिका कुपोषित
राजविराज÷सप्तरीमा २१ प्रतिशत बालबालिकाहरु कुपोषित रहेको एक तथ्याङकले देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले तयार गरेको तथ्याङकमा त्यसमध्ये ३ प्रतिशत बालबालिकाहरुलाई तत्काल स्वास्थ्य उपचार आवश्यक रहेको देखाएको छ ।
गरिबी, अशिक्षा र जनचेतनाका कारण जिल्लामा कुल बालबालिकाहरु मध्ये ६ महिनादेखि ५ बर्षसम्मका ६२ हजार १ सय ५० बालबालिकाहरु कुपोषणको शिकार रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको तथ्याङकमा उल्लेख छ ।
सोमध्ये ३ प्रतिशत अर्थात १ हजार ८ सय ६४ जना बालबालिकाहरु कडा कुपोषणबाट पीडित छन् भने २१ प्रतिशत अर्थात ११ हजार १ सय ८७ जना बालबालिकाहरु मध्यम कुपोषणबाट ग्रसित रहेको तथ्याङकमा उल्लेख छ ।
कडा र मध्यम दुबै प्रकारको कुपोषणबाट २१ प्रतिशत अर्थात १३ हजार ५१ जना बालबालिका पीडित छन् ।
कुपोषणको शिकार भएका बालबालिका मध्ये ३ हजार ६ सय कडा कुपोषित बालबालिकाहरुलाई डेढ बर्षको अबधीमा उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजयकुमार झाले जानकारी दिनुभयो ।
आगमी दुई महिनाभित्र करिब ९० प्रतिशत कुपोषित बालबालिकाहरुलाई उपचार गरिने लक्ष्य लिएको प्रमुख झाको कथन छ ।
कुपोषणको दृष्टिकोणले सोभालिया र अफ्रिका भन्दा पनि नाजुक अवस्थामा सप्तरी रहेकोले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले कुपोषणको बिकराल समस्या समाधानका लागि प्रचारात्मक, रक्षात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख झाको भनाई छ । युनिसेफको सहयोगमा एसिएफले कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य उपचार र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख झाको भनाई छ ।
कुपोषित बालबालिकाहरुको उपचारका लागि नेपाल युथ फाउन्डेशनको सहयोगमा बिगत तीन बर्षदेखि राजविराजमा पोषण पुर्नस्थापना गृह सञ्चालनमा छन् ।
महिला बातावरण तथा ग्रामिण बिकास संस्थाको सहकार्यमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्राङगणमा सञ्चालित पोषण पुुर्नस्थापना गृहले बिगत तीन बर्षको अबधीमा ४ सय १३ कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएको पोषण पुर्नस्थापना गृहका प्रमुख रश्मि झाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ