News Category 2070/11/20
विकासका लागि सञ्चारक्षेत्रले खेलेको भुमिका सन्तोषजनक छ ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, १९ फागुन ।
सप्तरी क्षेत्र नम्बर ६ का सभासद् सुरेन्द्र प्रसाद यादवले सप्तरीको बिकासका लागि सञ्चार जगतले खेलिरहेको भुमिका सन्तोषजनक रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सप्तरीको नयाँ कार्यसमितिका पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई सोमवार राजविराजमा सम्बोधन गर्दै सभासद् यादवले अब जिल्लाको बिकासका लागि जिल्लाका सबै सभासद्हरु एकजुट भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सञ्चारजगतले जिल्लाको बिकासका लागि खेल्दै आएको भुमिका महत्वपुर्ण रहेको छ, उहाँले भन्नुभयो–‘‘ अब हामी जिल्लाका १६ वटै सभासद्हरु जिल्लाको बिकासका लागि एकताबद्ध भएर लाग्नेछौ, त्यसको थाल्नी भइसकेको छ ।” संबिधान निर्माणसँगै जिल्लाको समग्र बिकासलाई सँगसँगै लिएर अघि बढ्ने दृढता समेत उहाँले ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस युनियनका नवनिर्वाचित पदाधिकारीहरुलाई सभासद् यादवले प्रमाणपत्र बितरण गर्नुभयो । सोही कार्यक्रममा युनियनका संस्थापक अध्यक्ष शम्भु झाले सभासद् यादवलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।
अग्रज पत्रकार गणेशलाल देवको अध्यक्षतामा आयोजित पदस्थापना कार्यक्रममा प्रेस युनियन सप्तरीका संस्थापक अध्यक्ष शम्भु झा, प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई, प्रेस युनियनका केन्द्रीय सदस्य सुमन मिश्र, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सचिव राजेश झा लगायतले बोल्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ