News Category 2070/11/21
लागुऔषध १ सय ८८ बोतल कोरेक्ससहित दुई पक्राउ
दैनिक संवाददाता
राजविराज, २० फागुन ।
प्रहरीको गस्ती टोलीले सप्तरीको मलेकपुर गाविसबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले भारतबाट बोरामा राखेर ल्याउँदै गरेको १ सय ८८ थान प्रतिबन्धित लागुऔषध कोरेक्ससहित सप्तरीको काचन गाविस–८ का ६५ वर्षीय श्रीलाल यादव र ४० वर्षीय गेनालाल यादवलाई पक्राउ गरेको हो ।
मलेकपुर गाविस–५ स्थित हुलाकी मार्गमा जिल्ला प्रहरीको विशेष टोलीले शङ्काको आधारमा जाँच गर्दा दुवै जनाको साइकलमा रहेको १ सय ८८ थान कोरेक्स बरामद गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीले गत कात्तिक ८ गते सप्तरीको मलेकपुर गाविसछ–६ का महादेव यादवलाई कात्तिक २५ गते र सिरहाको सखुवा ननकारकट्टीका अजय यादवलाई कात्तिक ७ गते कोरेक्स ओसारपोसार गर्दैगर्दा पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले गत तीन महिनामा प्रतिबन्धित लागुऔषधसहित सात जनालाई पक्राउ गरी कारबाही चलाएको जनाएको छ ।
भारतबाट लागुऔषध ल्याएर धरान तथा काठमाडाँै पु¥याएर महँगो दाममा बेच्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बैदबारले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ