News Category 2076/08/07
आन्तरिक विवाद सार्वजनिक नगरौं
कुनै पनि राजनीतिक दलको मेरुदण्ड भातृ संघ संगठन हो । भातृ संघ संगठन बलियो र विवादरहित भएमा मात्र पार्टीको कामकाज सूचारु ढंगले चल्न सक्छ । यदी भातृ संघ संगठनमा कुनै विवाद भएमा त्यसलाई सक्दो चाडै समाधान गर्नेतर्फ पार्टी नेतृत्व पंक्तिले कदम चाल्नु पर्दछ । विवाद लम्बिदै गएमा पार्टीलाई नै नकारात्मक असर पर्न सक्छ । सन्दर्भ हो सप्तरी काँग्रेसको भातृ संगठन नेवि संघ र तरुण दलमा देखिएको विवाद । हुन त काँग्रेस सप्तरीले सो विषयमा विवाद नरहेको स्पष्ट समेत पारिसकेको छ ।
तर, अहिले पनि दुबै भातृ संगठनको अध्यक्षका लागि दुई पक्षबीच जुंगाको लडाई चलिरहेको छ । काँग्रेसको भातृ संगठन नेवि संघको अध्यक्ष बारे जिल्ला समितिले आफ्नो आधिकारीक्ता बारे स्पष्ट पारिसकेको छ भने तरुण दल जिल्लामा विघटन भएको बारे समेत धारणा राखिसकेको अवस्थामा अर्को पक्षले दुबै संगठनको अध्यक्ष बारे बारम्बार विज्ञप्ति जारि गर्दै संचारमाध्यमबाट जानकारी गराउँदै आएको छ । पार्टी भित्रै अर्को पक्षले आफ्नो अडान राख्नुको साटो मिडियाबाजी गरेर कस्तो सन्देश दिन खोजेको हो ? मिडियालाई प्रयोग गरेर कति दिनसम्म यस्ता आन्तरिक विषयलाई सार्वजनिक गर्ने हो ! यो एउटा गम्भिर विषय हो ।
कुनै पनि असन्तुष्टिलाई पार्टी भित्रै छलफलको माध्यमबाट समाधान गर्नुको साटो मिडियाबाजी गर्नु उचित कार्य होइन् । तसर्थ यस्ता गम्भिर विषयलाई दुबै पक्षले आन्तरिक रुपमै छलफल गरेर पूर्णबिराम लगाउन आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ