News Category 2076/08/07
कुनै पनि वहानामा पठनपाठन अवरोध नगरौं
कुनै पनि बहानामा विद्यालय बन्द नगर्ने सहमितको हालसम्म पनि सप्तरीमा कार्यान्वयन हुन सकिरहेको छैन् । सप्तरीका सम्पूर्ण राजनैतिक दल, सरोकारबाला, तथा संघसस्थाहरुले विगको वर्षमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरि कुनै पनि वहानामा पठन पाठन अवरोध नगर्ने प्रतिबद्धता जनाएको थिए । तर, अहिले सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता मावि खुरखुरियामा विगत चार दिनदेखी विद्यालयमा तालाबन्दी गरिएको छ । जसकारण त्यहाँ अध्ययनरत सयौं विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् ।
प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा अनियमितता गरेको आरोप लगाउँदै समितिकै केही पदाधिकारीको नेतृत्वमा विद्यालयको मूल गेटमै तालाबन्दी गरि रिले अनसन थालिएको छ । एक त सामुदायिक विद्यालयको शैक्षिक स्थिती विभिन्न वहानामा दिनप्रतिदिन खस्किदै गएको अवस्था छ । त्यसमा पनि सप्तरीका सामुदायिक विद्यालयहरुको हालत कसैसामु लुकेको छैन् । त्यसमा पनि विद्यालयको पठन पाठन आन्तरिक विवादका कारण अवरुद्ध हुनु अत्यन्त दुःखदायी हो । यस्ता समस्याको समाधान विद्यालयको आन्तरिक बैठकबाट पनि समाधान गर्नुका साटो पठनपाठन अवरोध गरेर समस्याको समाधान खोज्नु कतिको न्यायोचित हो ? यो एउटा गम्भिर प्रश्न खडा भएको छ ।
शिक्षा सम्बन्धी सम्पूर्ण अधिकार अहिले स्थानिय तहलाई नै हस्तान्तरण गरिएको अवस्थामा के यस्ता विषयलाई स्थानिय तहले समाधान गर्न चासो देखाउनु पर्दैन ! बालबालिकाको पढ्ने अधिकारलाई नै बन्धक राखी गरिएको आन्दोलनले समस्याको समाधान हुन्छ त ! पक्कै पनि हुँदैन् । तसर्थ सम्बन्धीत पक्षले बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चितता गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्नु आवश्यक छ भने विद्यालयमा हुने पठनपाठन भविष्यमा अवरोध नगर्ने प्रतिबद्धता जाहेर गर्नु पनि उत्तिकै जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ