News Category 2070/11/21
सप्तरीको मलेठमा प्रहरी टोलीमाथि आक्रमण, प्रसनिसहित चार प्रहरी घाइते
दैनिक संवाददाता
राजविराज, २० फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीमाथि सोमवार राती सप्तरीको मलेठ गाविस–९ जगदरीमा आक्रमण भएको छ ।
लुटिएको मोटरसाइकल बरामद गर्न खटिएको प्रहरी टोलीमाथि स्थानियबासीहरुले आक्रमण गरेका हुन् । प्रहरी सहायक निरीक्षक भगवानी ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीमाथि जगदरी टोलका स्थानीयले लाठी, बाँसको फट्टाले आक्रमण गरेका थिए ।
आक्रमणमा परी प्रसनि ठाकुरसहित प्रहरी हवल्दार प्रदीप यादव, प्रहरी जवान रामप्रसाद यादव र गोपाल राजवंशी घाइते भएका छन् । घाइतेको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा मलेठ गाविस–९ का मो कुदुस, मो कलाम, मो मासुम, मो जयाबुललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आरोपितविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्धा चलाइने प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
मलेठ–९ जगदरीस्थित मो हैदरको घरमा लुटेर राखिएको को१५प २४१० नम्बरको अपाचे मोटरसाइकलसमेत प्रहरीले राति नै बरामद गरी ल्याएको जनाएको छ ।
राजविराजबाट घरतर्फ जाँदै गरेका मलेठ गाविस–४ का छोटेलाल यादवको सोमवार दिउँसो मोटरसाइकल लुटिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ