News Category 2076/08/11
सप्तरी र सर्लाही फाईनलमा भिड्दै
दैनिक समाचारदाता
रौतहट, ११ मंसिर ।
रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्की (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सप्तरी र सर्लाही भिड्ने भएको छ ।
प्रतियोगिता अन्र्तगत मंगलवारको खेलमा सप्तरीले आयोजक रौतहटलाई ३९ रनले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । सप्तरीले बिहीबार हुने फाइनल खेलमा सर्लाहीसँग भिड्ने छ ।
सम्पन्न खेलमा सप्तरीका कप्तान महवुव आलमले टसजिती पहिलो ब्याटिंग गर्दै बिवेक यादवको आर्कषक ३९ बलमा ४ चौक्का र १ छक्काको मद्धतले ५० रन तथा रोहन बिकले २७ रनको मद्धतले निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो ।
यता बलिंग तर्फ रौतहटका संजय बांगर र रवी साहले सामान २ बिकेट तथा बिकास पटेलले १ बिकेट लिएका थिए ।
१ सय १३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले ७३ रनमै समेटिएको थियो । सप्तरीका कप्तान महवुव आलमले ३ महत्वपुर्ण बिकेट लिएपछि रौतहटको ईनिंग धरासायि हुन पुगेको हो ।
त्यस्तै रोहित सिंह र बिवेक यादवले सामान ३ बिकेट लिई साथ दिएका थिए भने बिवेक यादवले १ बिकेट लिएका थिए । रोहित सिंहले लिएका ३ बिकेट ह्याट्रिक वापत प्राप्त गरेका थिए । सम्पन्न खेलको म्यान अफ द म्याचको पुरस्कार अलराउण्ड प्रर्दशन गरे वापत सप्तरीका बिवेक यादवलाई प्रदान गरिएको थियो ।
गत ५ गते देखि संचालित प्रतियोगिता अन्र्तगत प्रदेश नं. २ का ८ वटै जिल्लाले सहभागिता जनाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ