News Category 2076/08/11
चिसोबाट बच्न अहिलेदेखी नै सचेत होऔं
मंसिरदेखी माघ महिनासम्म चिसो हुने मौसम हो । विगतका केही वर्षहरुमा सप्तरीमा चिसोका कारण गरिब, निमुख्खा सयौं जनताले कठ्याङिग्रएर ज्यान गुमाइसकेका छन् । सप्तरी लगायत तराईका जिल्लाहरुमा विगतका केही वर्षदेखी निकै चिसो हुने गरेको छ । यसको मारमा गरिब, निमुख्खा जनता पर्ने गरेका छन् । दुई छाक टार्न समेत धौं धौं पर्ने ती जनताहरुले न्यानो कपडाको अभावमा अकालमै ज्यान गुमाउनु परेको छ । यसका लागि जिल्लामा अत्यन्त चिसो भएको बेला विभिन्न संघसंस्था तथा सरकारी निकायबाट न्यानो कपडा बितरण समेत गर्ने गरिन्छ ।
अहिले त्यति चिसो नभएपनि अबको आउने दिनहरुमा चिसो बढ्न सक्छ । जसकारण अहिलेदेखी नै सरोकारवालाहरुले गरिब, निमुख्खा जनताहरुका लागि न्यानो कपडाको व्यवस्था मिलाउने तर्फ अग्रसर हुनु पर्दछ भने ठाउँ ठाउँमा आगो ताप्नका लागि मुढा बाल्ने योजना समेत बनाउन अग्रसर हुनुपर्दछ ।
यस्ता दैबी प्रकोपका घटनाहरु एक दिन मात्र भयो भने मानिसमा निकै प्रभाव पार्दछ । अहिले केही पहाडी जिल्लाहरुमा जाडो बढ्न सुरु भइसकेको छ । तसर्थ तराईमा पनि जाडो बढ्न सक्ने सम्भावना रहेकोले त्यसबाट बच्न अहिलेदेखी नै सम्बन्धीत निकायले तयारी गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ