News Category 2070/11/22
जनताको पक्षमा संबिधान नबने मुलुक गृहयुद्धमा फस्छ ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, २१ फागुन ।
सप्तरी क्षेत्र नम्बर ३ का सभासद् उमेश कुमार यादवले जनताको मौलिक हकअधिकार सम्पन्न संबिधान जारी नभए मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिनुभएको छ ।
शहिद सप्ताह अन्तर्गत शहिद तथा बेपता परिवार सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभासद् यादवले मुलुकलाई अग्रगामी संबिधान दिने कि बहुआयामिक गृहयुद्धमा फसाउने भन्ने बल काँग्रेस र एमालेको कोटमा रहेको बताउनुभयो ।
अंकगणितीय बहुमतिय प्रक्रियाबाट नभई सहमति र सहकार्यका साथ अघिल्लो संबिधानसभामा भएको सहमतिको स्वामीत्व ग्रहण गरेर सहमति र सहकार्यबाट बाँकी रहेका काम पुरा गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस र एमालेले संबिधानसभामा ह्बीप लगाउने र ककसमाथि प्रतिबन्ध लगाउन खोजीरहेको आरोप लगाउनुहुँदै उहाँले ह्बीप लगाउने र ककसमाथि बन्देज लगाउन काम भए पुनः नयाँ ढंगबाट संबिधान नबन्दै संबिधानसभा बिघटन हुने बताउनुभयो ।
शहिद तथा बेपता परिवार सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एकिकृत नेकपा माओवादी सप्तरी क्षेत्र नम्बर ३ का संयोजक भागवत यादव, क्षेत्र नम्बर ५ का संयोजक हरिनारायण महतो, शहिद परिवार कबिता ठाकुर, निर्मला भुजेल, कुलानन्द बिश्वकर्मालगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ