News Category 2076/08/24
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
महबुब आलमको नेतृत्वमा १४ सदस्यीय प्रदेश २ को क्रिकेट टोली सोमबार राजविराजमा चयन भएको छ । सो टोलीमा सप्तरीका आलमसहित बिवेक यादव र आशिष झा समेत पर्न सफल भएका छन् ।
राजबिराजमा तीनदेखि संचालित प्रदेश २ का खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को सिनियर क्रिकेट टिम छनोट गरिएको हो ।
टिममा महबुब आलम (कप्तान), सुरज पटेल (उपकप्तान), हरि शंकर साह, सुधिर चौधरी, विशाल सुशलींग, हासिम अंसारी, तिर्थ दास, आशिष झा (विकेटकिपर), अभिनाष अधिकारी, रूद्र प्रताप सिँह, बिवेक यादब, आदिल अंसारी, समसाद शेख, कुमार थापालाई चयन गरिएको प्रदेश सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन । यसैगरी बैकल्पिक खेलाडीहरूमा रूपेश सिँह, अंशु कडेल र रौनक रत्नलाई चयन गरिएको छ ।
बन्द सत्रबाट छनोट भएका प्रदेश २ क्रिकेट टिमले यही पुस १५ गते देखि प्रदेश नं. १ को सुनसरीको ईनरूवामा हुन गईरहेको मनमोहन स्मृति एकदिवसिय क्रिकेट (५०÷५० ओभर) को प्रतियोगितामा सहभागिता जनाउने प्रदेश सचिव श्रेष्ठले बताए ।
प्रदेश २ अन्तर्गत सप्तरीसहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीहरू बन्द सत्रमा प्रतिनिधित्व गर्दै अभ्यास गराईएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ