News Category 2070/11/23
उचित ठाउ“मा फोहर व्यवस्थापन नहु“दा विद्यार्थीको स्वास्थ्यमा असर पुग्दै
अमिर नारायण यादव
राजविराज, २२ फागुन ।
राजविराज नगरपालिकाले नगर क्षेत्रको फोहोर उचित ठाउँमा व्यवस्थापन गर्न नसक्दाँ सयांै बिद्यार्थीहरुको स्वास्थ्य जोखिममा परेका छन् ।
राजविराज नगरपालिका क्षेत्रको गुदरी हटियाबाट दिन्हुँ निष्किने फोहोर र नाला सफा गरी निकालिएको फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्न नसक्दाँ राजविराजस्थित केसो अनिरुद्धबत्ती माबिका सयौ बिद्यार्थीको स्वास्थ्यमा नकारात्मक असर पर्दै आएको छ ।
गुदरी हटियाबाट निष्किने फोहोरदेखि नालाहरुको फोहोर र कुखुराको भुतलाहरु समेत डम्पिङसाइडमा फाल्नुको साटो बिद्यालय नजिकै फ्याकिने गरेका कारण त्यहाँका सयौ बिद्यार्थीहरुको स्वास्थ्य जोखिममा परेको बिद्यालयका शिक्षकहरु बताउँछन् ।
सो बिद्यालयका प्रअ गंगा प्रसाद साह भन्नुहुन्छ–‘‘ बिद्यालय नजिकै फ्याकिदै आएको फोहोरको दुर्गन्धले बिद्यार्थीहरु मात्र होईन्, शिक्षकहरु समेत प्रभाबित हुँदै आएका छन् ।”
बिद्यालय वरिपरिका क्षेत्र सफा र स्वच्छ हुने मान्यता बिपरित नगरपालिका कार्यालयले बिद्यालय नजिकै रहेको स्थानिय बिजय गुप्ता र जगदीश साहको नाममा रहेको सो जग्गामा फोहोर फ्याक्दै आएकाले बिद्यार्थी र शिक्षकको स्वास्थ्यमा नराम्रो असर पर्दै आएको प्रअ साहको भनाई छ ।
नगर क्षेत्रभरीको फोहोर बिद्यालय नजिकै फ्याक्ने गरेकाले नाक थुनेर पठाउनुपर्ने बाध्यता रहेको सुनाउँदै बिद्यालयकी पुर्वशिक्षिका मालती दास भन्नुहुन्छ–‘‘ नगर क्षेत्रमा मरेका कुकुर, कुखुराका भुतला र मानव मलमुत्र समेत फ्याक्ने गरेकाले बिद्यालय क्षेत्र दुर्गन्धित हुँदै आएका छन् ।”
सदरमुकाम राजविराजको मुटुमै रहेको सो बिद्यालय छेउमा लामो समयदेखि नगरपालिका कार्यालयले फोहोर फ्याक्दै आएकाले बिद्यार्थी र शिक्षकहरु मात्र होईन्, सो क्षेत्र भएर जाने सर्वसाधारणहरु समेत नाक थुन्न बाध्य हुँदै आएका छन् ।
राजविराजको एतिहासिक मन्दिर राजदेवी जाने सडक छेउमै नगरक्षेत्रका फोहोरले मानव स्वस्थ्यमा नकारात्मक असर पार्दै आएपनि नगरपालिका कार्यालय यसतर्फ गम्भीर नभएको नगरबासीहरुको आरोप छ ।
पटक पटक नगरपालिकालाई उक्त ठाउँमा फोहोर नफ्याक्न आग्रह गर्दा समेत वेवास्ता गर्दै आएको छ, स्थानियबासीहरु भन्छन्–‘‘ मानव स्वास्थ्यको दृष्टिकोण समेत उपयुक्त नरहेको सो स्थानमा फोहोर फ्याक्नु नगरपालिको गैरजिम्मेवारपन कार्य हो ।”
मानव स्वास्थ्य र नगर क्षेत्रको वातावरणसँग जोडिएको उक्त बिषयमा समयमै सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको क्स्स्थानियबासीहरुको भनाई छ ।
यसप्रकारको कार्यले सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेशकुमार यादवले थालनी गरेको “ग्रिन राजविराज, क्लिन राजविराज” को अवधारणालाई राजविराज नगरपालिकाले आघात त पु¥याउने त होइन भन्ने प्रश्न जनमानसमा उब्जिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ