News Category 2076/08/24
असुरक्षित वैदेशिक रोजगारः चालू आवको प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु
काठमाडाँै, २३ मङ्सिर (रासस) ।
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ । असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा रहेका २५१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आठ महिला र २४३ पुरुष छन् । गत साउनमा दुई महिलासहित ५८ पुरुष, भदौमा दुई महिलासहित ५८ पुरुष, अशोजमा ४७ र कात्तिकमा ८० जनाले ज्यान गुमाएका वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।
प्रथम चौमासिकमा बोर्डले प्रतिमृतक रु सात लाखको दरले २५१ मृतकका हकवालालाई करिब रु १७ करोड ५७ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको मृत्यु भएमा निजको नजिकको हकवालालाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
बोर्डले प्रथम चौमासिकमा अङ्गभङ्ग तथा बिरामी भएका ११९ कामदारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । वैदेशिक रोजगार नियमावली, २०६४ ले करार अवधिभित्रै तथा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले अङ्गभङ्ग भएमा वा गम्भीर बिरामी भएमा बिरामीको प्रकृतिअनुसार अधिकतम सात लाखसम्म आर्थिक सहायता उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।
सोही अवधिमा आठ कामदारका परिवारलाई औषधोपचार सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारको परिवारलाई सामान्य रोग लागेमा रु १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा रु ३० हजार र गम्भीर प्रकारको रोग लागेमा रु ५० हजार सहायता दिँदै आएको छ । पहिलो चौमासिकमा २५० मृतक कामदारको शव निःशुल्क ढुवानी गरिएको छ । सरकारले मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी घरठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।
सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरेर विदेशमा रहँदा वा स्वदेश फर्केको एक वर्षको अवधिभित्र श्रम स्वीकृति लिएका कामदारको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । त्यसअघि श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य मुलुकमा मृत्यु भएमात्र निजको परिवारलाई आर्थिक सहायता प्रदान गरिँदै आएको थियो ।
वैदेशिक रोजगारीमा रहेका कामदारले विविध कारणबाट अनाहकमै ज्यान गुमाउने गरेका छन् । मुख्यरूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ ।
दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ ।
सामान्यभन्दा सामान्य जानकारी नहुँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदै आएको भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण दिएर पठाउने तयारी गरेको छ । ट्राफिक नियमको जानकारी नहुँदा पनि नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको छ ।
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । कामदारलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइँदै आएको भए पनि कामदारको मृत्यु हुने सङ्ख्या अझै न्यूनीकरण हुन सकेको छैन । स्वास्थ्य समस्यालाई सामान्य रूपमा लिने र हेलचक्रयाइँ गर्नाले अनाहकमा ज्यान गुमाउनुपरेको चिकित्सकहरू बताउँछन् ।
श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मृत्युको कारण पहिचान गरेर सरकारले सोही अनुसारको कार्यक्रम सञ्चालन गर्ने बताउनुहुन्छ । “पहिले सरकारले के कारणले कामदारको मृत्यु भएको हो भन्ने अध्ययन गर्छ”, उहाँले भन्नुभयो, “मृत्युका कारण पत्ता लगाएपछि सरोकारवालासँग छलफल गरेर न्यूनीकरणका लागि काम गर्छौँ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ