News Category 2076/08/24
हवाई सेवालाई पनि प्रतिष्पर्धी बनाउ
दशकौंदेखी राजविराज विमानस्थल सुनसान बनेको अवस्थामा झण्डै डेढ वर्षदेखी यहाँबाट हवाई सेवा सुरु भएको छ । बि.स. २०१६ सालमा उद्घाटन भएको यस विमानस्थलबाट २०७५ साल साउन महिनादेखी नियमित रुपले उडान सेवा सुरुचारु भएपछि जिल्लावासी हर्षित भएका छन् । तर, अहिले एक मात्र श्री एयरलाइन्सले हवाई सेवा प्रदान गर्दै आएको छ । जसकारण एयरलाइनसको मनोपरी बढेको छ । अहिले सो उडान कम्पनीले हस्ताको तीन दिन मात्र सेवा प्रदान गर्दै आइरहेको छ । जसकारण चाहेर पनि यात्रुहरुले आफ्नो अनुकुल यात्रा गर्न पाइरहेका छैनन् । सुरुमा हप्ताको पाँच दिन जहाज उडाउने अनुमति पाए पनि अहिले उडानले दुई दिन कटौती गरेको छ ।
यस्तो अवस्थामा राजविराज विमानस्थलबाट अर्को विमान कम्पनीले समेत उडान गर्न पाउनु पर्ने अवस्था सृजना भएको छ । दिनहुँ उडान सेवा नहुँदा यहाँ तथा आसपासका जिल्लाका यात्रुहरु जनकपुर र बिराटनगरबाट हवाई यात्रा गर्न बाध्य छन् । प्रतिष्पर्धात्मक युगमा कुनै पनि व्यक्तिले आफ्नो अनुकुल रोज्न पाउनु पर्ने हुन्छ । अहिलेको समयमा सामानका साथ साथै व्यक्ति पनि एक ठाउँदेखी अर्को ठाउँमा पुग्न सजिलो र छिठो मार्ग खोज्छन् । जुन हवाई यात्रा हो । हवाई यात्राका कारण यात्रुहरुलाई आवतजावत गर्न सजिलो हुन्छ र एकैदिनमा आफ्नो गन्तव्यतर्फ पुनः फर्किन सक्छन् ।
जिल्लाको विकासमा यातायात र हवाई उडान निकै नै महत्वपूर्ण हो । यातायात सहज भए विभिन्न सामाग्रिहरु सजिलै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ र व्यापार फस्टाउछ । तसर्थ उडान सेवालाई प्रतिष्पर्धात्मक बनाउनु पर्ने अहिले आवश्यकता र बाध्यता समेत भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ