News Category 2076/08/24
महिला पुरुष दुबै युरिनल व्यवस्थाप्रति ध्यान पुगोस्
राजविराज नगरपालिकाले नगर क्षेत्र भित्र विभिन्न स्थानहरुमा युरिनल (पिसाब घर) निर्माण गरेको एक वर्ष नबित्दै भत्किएको छ । युरिनल भत्किनुका साथै कतिपय स्थानका युरिनल फोहरका कारण बन्द जस्तै रहेको छ । निर्माण भएका युरिनल बन्द भएपछि अहिले पुनः खल्ला स्थानमै पिसाब गर्नेहरुको ओइरो नै लाग्ने गर्दछ । राजविराज नगरपालिकामा सर्वसाधारणहरुलाई पिसाब फेर्नका लागि पुरुष युरिनल निर्माण गरे पनि महिलाहरुका लागि त्यस्तो कुनै व्यवस्था गर्न सकेको छैन् । भएका युरिनलहरु भत्किनुका साथै बन्द भएपछि अहिले बटुवाहरुलाई निकै कठिनाई भइरहेको छ ।
विगत दुई दशकदेखी जनप्रतिनिधि बिहीन रहेको नगरपालिकाले सरसफाई अन्तरगत युरिनल निर्माण गरेपछि सर्वसाधारणलाई पिसाब फेर्न सजिलो भएको थियो, तर त्यसको उचित सम्वद्र्धन र व्यवस्थित गर्न नसकिएपछि अहिले पुरानै अवस्थामा फर्किएको छ । यता महिलाहरुका लागि युरिनल निर्माण गर्नतर्फ नगरपालिकाले ध्यान दिन नसक्नु एकतर्फी सोच भएको देखिन्छ । नगर क्षेत्र भित्र पाँच स्थानमा सार्वजनिक शौचालय निर्माण भएपनि महिलाहरुका लागि छुट्टै शौचालय वा युरिनल निर्माणतर्फ ध्यान पुग्न सकेको छैन् । तसर्थ महिलाहरुका लागि समेत युरिनल अथवा निशुल्क शौचालय निर्माण गर्ने तर्फ नगरपालिकाको ध्यान पुग्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ