News Category 2076/08/24
अतिक्रमणप्रति ध्यान पुगोस्
राजविराज नगरपालिकास्थित विभिन्न टोल तथा बजार क्षेत्रमा जग्गा अतिक्रमण बढ्दै गएको छ । विभिन्न वहानामा गरिएको अतिक्रमणप्रति राजविराज नगरपालिकाको ध्यान पुग्न सकेको छैन् । विभिन्न टोलमा सार्वजनिक बाटोघाटो समेत अतिक्रमण भइरहेको छ । वडा कार्यालयले बाटो फराकिलो गर्न चाहेपनि अतिक्रमणका कारण सो कार्य हुन सकिरहेको छैन् । यता नगरको मुख्य सडकहरुमा रहेको पेटी समेत निजि प्रयोजनका लागि प्रयोग भइरहेकोले त्यसप्रति ध्यान पुग्न सकिरहेको छैन् ।
सुरक्षित ढंगबाट हिड्डुल गर्नका निम्ति बनाइएको सडक पेटी अहिले पूर्ण रुपमा निजी प्रयोग भइरहेको छ । कसैले पसल थापेर त कसैले निजि बैठकस्थल बनाएर त कसैले व्यापारिक प्रयोजनमा उपयोग गरिरहेका छन् । जसकारण पैदल हिड्ने व्यक्तिहरु सडककै बाटो प्रयोग गर्दै आइरहेका छन् । जसले गर्दा दुर्घटना समेत निम्त्याउन सक्ने सम्भावना रहेको छ ।
तसर्थ यस सम्बन्धमा नगरपालिकाले यस्ता गैरजिम्मेवारीपूर्ण तरीकाले गरिएको कार्यलाई निरुत्साहित पार्नु जरुरी रहेको छ भने विभिन्न वहानामा गरिएको अतिक्रमण गर्ने कार्यलाई अविलम्ब हटाउनतर्फ ध्यान पुग्नु पनि उत्तिकै आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ